अपराध सुरक्षा ताजा खबर News

सर्वोच्च अदालत बारकाे मतदान सुरु

सर्वोच्च अदालत बारकाे मतदान सुरु
bar असार - २५ । सर्वोच्च अदालत बार एसोसिएसनको नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । निर्वाचनमा बृहत् लोकतान्त्रिक, पेसागत तथा समावेशी समूह र पेसागत, प्रगतिशील, गणतान्त्रिक, देशभक्त एवम् समावेशी कानुन व्यवसायीबीच प्रतिस्पर्धा हुने हुँदैछ । पाँच पदाधिकारीसहित १५ नयाँ कार्यसमितिका लागि निर्वाचन केहीबेर अघि निर्वाचन सुरु भएको निर्वाचन समितिका संयोजक राजु बस्नेतले जानकारी दिए । निर्वाचन अपराह्न २ बजे सम्पन्न हुने र ३ बजेदेखि मतगणना हुने संयोजक बस्नेतले बताउनुभयो । साँझ ७ बजेसम्म मतगणना सम्पन्न गर्ने निर्वाचन समितिको तयारी छ । बारको परिसरमा हुने निर्वाचनमा कुल मतदाता ५८० छन् ।प्रगतिशील समूहको प्रतिनिधित्व अधिवक्ता रामप्रसाद भण्डारीले तथा लोकतान्त्रिक पक्षको प्रतिनिधित्व शैलेन्द्रकुमार दाहालले गर्दै हुनुहुन्छ । प्रगतिशील समूहका उपाध्यक्षमा नारायणप्रसाद प्रसाईं, सचिवमा रामबहादुर थापा, सहसचिवमा अञ्जु उप्रेती ढकाल र कोषाध्यक्षमा जगतबहादुर कार्की उम्मेदवार रहनुभएको छ । त्यस्तै सदस्यमा लक्ष्मी पोखरेल, मोहम्मदशेख अब्बास, राम राउत, धीर्जराज पोखरेल, सन्तकुमार बास्कोटा, द्रोणप्रसाद दाहाल, हरिबहादुर कार्की, श्रुतिकुमारी रेग्मी, पुष्पराज पौडेल र श्रवणकुमार चौधरी रहनुभएको छ । लोकतान्त्रिक समूहका उम्मेदवारमा उपाध्यक्षमा धर्मराज रेग्मी, सचिवमा विष्णु लुइँटेल, सहसचिवमा अमिता दीक्षित, कोषाध्यक्षमा दयाराम हुमागार्इं हुनुहुन्छ । सो समूहबाट सदस्यमा शर्मिला श्रेष्ठ, गीता अर्याल, नारायणप्रसाद भट्टराई, पूर्णिमा रिमाल गुरागार्इं, सुरेशकुमार पौडेल, रामेश्वर पोखरेल, अवतार न्यौपाने, रामकृष्ण भण्डारी, राजेन्द्रप्रसाद साह र रमेश महर्जन रहनुभएको छ । दुवै समूहले कानुन व्यवसायलाई मर्यादित एवम् स्वच्छ व्यवसायका रुपमा प्रवद्र्धन तथा स्थापित गर्दै सामाजिक मान, प्रतिष्ठा अभिवृद्धि गर्ने, बारलाई वास्तविक अर्थमा सर्वोच्च र गरिमायुक्त बनाउन निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।रासस

Nepal Bar Association

विशेष