ताजा खबर News

प्रमले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने

प्रमले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने
असार - २५ । व्यवस्थापिका संसदको बैठकमा संसदले उठेकाे प्रश्नहरुकाे जवाफ दिने कार्यक्रम छ । KP sharma oli कार्यसूचीअनुसार प्रधामन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपति, प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्याल, राष्ट्रिय योजना आयोग अन्तरगत विनियोजित बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिने छन् । अपरान्ह १ बजे बस्ने बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रीले जवाफ दिनेक्रम सकिएसँगै आजै विनियोजन विधेयक पारित हुने कार्यतालिका रहेको छ । संसदमा आज राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयकमाथि बिचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुदैछ । यी दुवै विधेयक पारित भएपछि आगामी आर्थिक बर्षको पूर्ण बजेट पारितको समय निर्धारण हुनेछ ।

KP Sharma Oli Samsad

विशेष