अपराध सुरक्षा ताजा खबर News

लामो समयदेखि फरार ३ भगाैडा पक्राउ

लामो समयदेखि फरार ३ भगाैडा पक्राउ

असार - २५ । जिल्ला अदालत उदयपुरबाट कर्तव्य ज्यान मुद्दाको अभियोगमा दण्ड, सजायको फैसला भएको तर लामो समयदेखि फरार दुई जनालाई जिल्ला प्रहरी कार्यालयले शुक्रबार पक्राउ गरेको छ ।

jail 1यस्तै अर्का अंशमा ठगी गरेर अदालतबाट दण्ड पाएको तर फरार रहेका त्रिनपा–१७ बस्ने ४५ वर्षीय गोकुल विकलाई पनि प्रहरीले शुक्रबार साँझ नै पक्राउ गरेको प्रहरीले बताएको छ । कर्तव्य ज्यान मुद्दामा फक्राउ पर्ने भगौडामा उदयपुरको त्रियुगा नगरपालिका–७ बस्ने ४६ वर्षीय खुसीलाल विक, साउने गाविस–२ घर भई त्रिनपा–१७ बस्दै आएका ७१ वर्षीय आइते विक रहेको प्रहरीले बताएको छ । खुसीलाललाई गाउँको गोप्य स्थानमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको हो भने आइते विकलाई त्रिनपा–३ को एक आफन्तको घरबाट पक्राउ गरिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरबहादुर केसीले जानकारी दिए । यस्तै अर्का अंश मुद्दामा फरार रहँदै आएका ४५ वर्षीय गोकुललाई पनि प्रहरीले त्रिनपा–१७ बाट नै पक्राउ गरेको हो ।  जिल्ला अदालतबाट विभिन्न दण्ड अभियोगमा मुद्दा लागेर दण्ड सजाय पाएको तर फरार रहँदै आएकालाई आठ महिनामा ६६ जनालाई पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Nepal Police pakrawo Udayapur

विशेष