ताजा खबर प्रवास News

युवा विदेशिने क्रम तीव्र, जुम्लाबाटै हजार विदेशिए

युवा विदेशिने क्रम तीव्र, जुम्लाबाटै हजार विदेशिए

bidesh

असार - २५ । चालु आव २०७२/०७३ मा हिमाली जिल्ला जुम्लाबाट विदेशिने युवाको सङ्ख्या एक हजार ३८ पुगेको छ । रोजगारीका लागि युवा विदेशिने क्रम तीव्र रुपमा बढिरहेको छ । यो क्रम वर्षपिच्छे बढ्ने गरेको पाइएको छ । यस वर्षमा मात्र जिल्लाबाट विदेश जानका लागि राहदानी लिनेको सङ्ख्या २४७ पुगेको जिल्ला प्रशासन कार्यालय जुम्लाका नायब सुब्बा कविदत्त न्यौपानेले जानकारी दिए । द्रुत सेवा लिने ५९१ जना पुगेको नायब सुब्बा न्यौपानेले बताए । गाउँमा रोजगारीका कुनै आधार नभएको र विदेश जानुको विकल्प नरहेको कारण देखाउँदै युवाले राहदानी लिने गरेको उनको भनाइ थियो ।

उनले भने, “दु्रत सेवाबाट राहदानी लिने प्रतिव्यक्तिले रु १० हजार राजस्व तिर्छन् भने जिल्लाबाट यो लिनेले रु पाँच हजार राजस्व तिर्छन् । जिल्लादेखि राहदानी लिनेबाट यो वर्ष रु १२ लाख ३८ हजार तथा द्रुत सेवा लिनेबाट रु ५९ लाख १० हजार राजस्व सङ्कलन भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । त्यसैगरी, यस वर्ष ३९ महिलाले राहदानी लिएका छन् । जिल्लाबाट राहदानी लिने महिलाको सङ्ख्या १७ र द्रुत सेवा लिनेको सङ्ख्या २२ जना रहेको जनाइएको छ । रासस

Bidesh Jumla

विशेष