निर्दोष देबबहादुर १० महिना यातनागृहमा बस्दा ........
देबबहादुर महर्जनको माओवादी युद्धसंग उनको कुनै साइनो थिएन । उनी निर्दोष थिए । तर, उनलाई माओवादी ठहर गरियो र सेनाबाट पीडित भए । सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरीका लागि आह्वान गरेपछि उनले नामै तोकेर उजुरी ठोकेका छन् ।
के भएको थियो घटना
२०६० साल मंसिरको जाडो महिनामा देवबहादुर आफ्नै घर कीर्तिपुर टौदहमा सुतिरहेका थिए । राति ११ बजे उनको घरमा हतियारधारी समूह प्रवेश ग-यो । कठालोमा समातेर लछारपछार गरे । श्रीमान् निर्दोष रहेको भन्दै श्रीमती रोईकराई गरिन् । आमा रोइकराइ गर्न थालेपछि आमासँगै काखे छोरा पनि रुन थाल्यो । मध्यरातमा टौदह डांकोले थर्कियो । तर, सेनाको मन भने पग्लिएन । हतियार सोझाउंदै देवबहादुरलाई लिएर गए ।
देबबहादुर माओवादी थिएनन् । तर, सेनाले माओवादी नै प्रमाणित गर्न खोज्यो । उनी भन्छन ‘आरोप त केही थिएन तर सोधपुछ गर्दा मलाई माओवादी बनाएदिए । कसैको उद्देश्य प्राप्तिमा मलाई प्रयोग गरे । मलाई मेरो परिवारबाट बेपत्ता बनाएर निर्मम यातना दिए ।’
यता परिवारलाई कुनै सूचना दिइएन । सम्पर्क र संवाद पूर्णरुपमा बिच्छेद गरियो । देबबहादुरलाई बेपत्ता बनाइयो । अपहरण गरेर लगेको १० महिनापछि अर्थात २०६१ साल असोज १ गते उनलाई सुन्दरीजल सारियो । उनकी माइली दिदी पार्वतीले सर्वोच्व अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालिन् । सर्वोच्वले सेनासंग जवाफ माग्यो । सेनाले देवबहादुरलाई सेनाले पक्राउ नगरेको जवाफ फर्कायो । सेनाले बोलेपछि सकिने जमाना थियो त्यो । रिट खारेज भयो ।
सुन्दरीजल लानुभन्दा अगाडिको यातना बयान गरेर साध्य थिएन उनी भन्छन ‘सुन्दरीजल लगेपछि त त्यो यातना झनै बढी भयो । सम्झदा पनि उनको ज्यान सिरिङ्ग हुन्छ ।’
उनलाई राखिएको कोठाको छेवैमा याताना कक्ष थियो । ‘प्रत्येक दिन जसो कोही न कोहीको हाडछाला खुंइलाइन्थ्यो । रातभर चित्कार सुन्नपथ्र्यो । अरुको चित्कार सुन्दा उनलाई आफ्नो पालो सम्झेर कांप छुट्थ्यो । उनले आफ्नो दर्दनाक भोगाइ सुनाए ।’ उनी भन्छन् ‘आज एकजनालाई, भोली अर्कोलाई, पर्सि अर्कोलाई लगिन्थ्यो । उनीहरु फर्किदा रक्ताम्य, अर्धचेत, बेहाल तथा शारीरिक रुपमा छिन्नभिन्न र बिभत्स भएर फर्किन्थे ।’
[caption id="attachment_10738" align="alignnone" width="4992"] तस्विर : गगन थापा/नेपालआज[/caption]
उनलाई पनि त्यसरी नै लगेर कयौं रात यातना दिए । त्यो यातनाले गर्दा उनी उभिन नसक्ने भए । सौच गर्नसमेत अर्काको साहारा लिन पर्ने भयो । दया र करुणा नभएको ठाऊंमा अरुको साहरा लिनुपर्ने भएपछि उनको बेहाल भयो ।
यातानाका कारण करङ्गका हड्डी भाचिए । नलीखुट्टाहरु छियांछियां भए । उनी अहिले पनि केही काम गर्न सक्दैनन् । निर्दोष हुंदाहुंदै पनि उनको जीवन बर्बाद बनाइयो ।
द्वन्दकालको त्यो यातनाले अझै पनि उनको दिमागमा बेग्लै झन्झनाहट हुन्छ । उनी भन्छन ‘आलै छ ती घाउहरु, ताजा नै छ ती स्मृतीहरु जसले गर्दा यो १३ वर्षसम्म म गुम्सिएर बस्न बाध्य भएको छु, अझैसम्म गुम्सिरहेको छु ।’
उनलाई सुन्दरीजेल कारागारमा जांदा मावली गएजस्तो भएको थियो । कम्तिमा सेनाको हिरासतमा जस्तो कारागारमा याताना त हुंदैनथ्यो । कारागार गएपछि उनी त्यहां रहेको सुंइको परिवारले पायो । फेरि सर्वोच्वमा मुद्दा प-यो । उनलाई छाड्ने आदेश दिइयो ।
घर त फर्के तर उर्जाविहीन भएर । तर पनि, सेनाले पछ्याउन छाडेन । घरमा बारम्बार आइरहने र कहीं कतै बोले उडाइदिने धम्की दिइरहने गदर्थे । उनी आफ्नै मृत्युको काउनडाउनमा दिन बिताउंथे ।
उनी भन्छन ‘ कसको आशामा उजुरी दिने, जसबाट सुरक्षा पाउनु पर्ने हो, उनैबाट असुरक्षित भएपछि । जे जे गरे पनि सहेर बस्नु पा-यो ।’
अति भएपछि उनले मानवअधिकार आयोगमा उजुरी दिए । तर उजुरीको सुनुवाइ भएन । देश खाइ शेष भनेजस्तो उनलाई यसै मर्छु उसै मर्छु भन्ने लाग्यो, उनी सयुंक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयुक्तको कार्यालय जेनेभामा उजुरी पठाए ।
सो उजुरीले काम ग-यो । आयोगले सरकारलाई तारन्तार प्रश्न गर्न थाल्यो । उच्च आयुक्तको कार्यलयले नेपाल सरकारलाई पीडितलाई पर्याप्त क्षतिपूर्ति दिन र उनको घटनाको बारेमा यथार्थ जानकारी दिन निर्देशन दियो । सरकारले उनलाई क्षतिपूर्ति दिएन । आयोगमा प्रतिवेदन बुझायो । आफ्नै बचाउ गरी प्रतिवेदन बुझाएको सरकार त्यसपछि भने केही हच्कियो ।
न्यायका लागि भौतारिएरै बित्यो १३ बर्ष
देबबहादुरले शासक र सत्ताको दिल, दिमाख र भर हुन्न भन्ने बुझेका छन् । उनले यि १३ बर्ष आफूमाथि भएको जघन्य अपराधका बारे बिन्ति बिसाएरै बिताए । तर, केही उपलब्धी भएन ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा उनले उजुरी हालेका छन् । किटानी उजुरीमा उनले जगदल गणका तत्कालिन मेजर जीजगं ठाकुर, तत्कालिन सरकार र संसदलाई बिपक्षी बनाएका छन् । उनलाई आयोगप्रति पनि भर छैन । पीडक–पीडक मिलेर बनाएको आयोगले पीडितको पीडा नबुझ्ने उनको ठहर छ । त्यसो भए किन उजुरी हालेको त ? नेपाल आजको प्रश्नमा उनले भने, ‘कम्तिमा रेकर्ड त रहन्छ । मेरो पालामा नभए छोराको पालामा त खोजी होला । सबै पुस्ता यस्तो संवेदनहीन हुंनेछैन ।’
प्रस्तुति : सागर बुढाथोकी
र, यो पनि
►‘बम’ राखिएको शब कुर्दै गाउंवासी डांडामा रात बिताउन बाध्य भए, युद्धको त्यो कालरात्री !
►अझ रहस्यमय बन्दै टिकबहादुरको मृत्यु
►मोहना अनसारीको जवाफ : आईजिपीलाई सोध्नुहोस
►संघीयतामाथि ओली वचन–यो नेपालको एजेण्डा होइन देखि बाख्रालाई भैंसीको सिंहसम्म
►मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)
Dev Bahadur Maharjan dwandwa kal mawobadi Nepal Sharkar Nepali Sena Saty Nirupan Aayog