News

अस्पतालमा खानेपानीको चरम अभाव

अस्पतालमा खानेपानीको चरम अभाव
hospital-sign असार - २५  । जिल्ला अस्पताल डोटीमा खानेपानीको चरम अभाव भएको छ । निरन्तर भइरहेको वर्षाका कारण पानीको मुहानमा अवरोध हुँदा मुहानबाट निरन्तर पानी आउन सकेको छैन् । वर्षासँगै हुने विभिन्न प्रकारका बिरामी अस्पतालमा आउने गरेकाले पानीको अभावका कारण समस्या सिर्जना भएको जिल्ला अस्पतालका निरीक्षक रमेश मलासीले बताए। जिल्लाका ५० गाविस र एक नगरपालिकाको सेवा लिने अस्पतालमा पानी अभावका कारण ग्रामीण भेकबाट सेवा लिन आउने बिरामी मिनरल वाटरले शौचलगायतका खान, हातमुख धुन बाध्य भएको दिपायलका वीरेन्द्र शाहले बताए । सदरमुकाम सिलगढीमा नै पानीको हाहाकार भएपछि अस्पतालमा समस्या खड्केको हो । दुई दिन बिराएर मात्रै आउने पानी आजभोलि तीन चार दिनपछि मात्रै आउन थालेको छ । पानी आए तापनि धमिलो र खान नमिल्ने खालको रहेको सिलगढीबाट आएकी कल्पना शाहले बताउनुभयो । कल्पनाकाअनुसार हामी गृिहणीका लागि सिलगढीमा धेरै गाह्रो भएको छ, पानी कुन दिन आउँछ आउँदैन थाहा हुदैँन । सिलगढी खानेपानी उपभोक्ता समितिले यस विषयमा गम्भीर बन्नुपर्ने यहाँका बासिन्दाको भनाइ छ । रासस

doti hospital

विशेष