शशांकको थप उपचारका लागि भारतीय चिकित्सक आइपुगे

असार - २५ । कांग्रेस महामन्त्री शशांक कोइरालाको थप उपचारका लागि भारतीय चिकित्सकको एक टोली काठमाडौं आइपुगेको छ ।
भारतको प्रसिद्ध अस्पताल अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेज(एम्स)बाट डाक्टरको टोली आइपुगेको कोइराला उपचाररत ओम अस्पतालका मेडिकल डाइरेक्टर डा हरिश जोशीले बताए ।
नेपाली चिकित्सकको प्रयासले क्रमिक रुपमा स्वास्थ्य लाभ लिइरहेका कोइरालाको उपचारमा थप विश्वस्त हुन शुभचिन्तक र आफन्तले डाक्टरहरुको टोली बोलाएको बुझिएको छ । नेपाल १५ जना अनुभवी र क्षमतावान चिकित्सकको प्रयासले कोइरालाको स्वास्थ्य अवस्थामा तीव्र सुधार भइरहेको छ ।
Bhartiya Doctor
Om Hospital
Shashank Koirala
