इपीएसकाे नतिजा साउन ११ मा

असार - २५ । रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा आगमी साउन ११ गते प्रकाशित हुने भएको छ ।
भाषा परीक्षा गत असार ४ र ५ गते काठमाडौं र पोखरमा सञ्चालन गरिएको थियो । यसवर्ष भाषाका परीक्षाका लागि ६० हजार ६ सयले फारम भरेका थिए । जसमा ५ प्रतिशत परीक्षार्थी परीक्षामा सहभागी भएका थिएनन् ।
कुल ५७ हजार १ सय परीक्षार्थीले इपीएस परीक्षा दिएका छन् । यसवर्ष कोरियाले ३१ सय नेपालीलाई भाषा परीक्षामा पास गराउनेछ । गत वर्ष ८ हजार ४९० युवा उत्तीर्ण भएका थिए । कोरियाको मानव संशाधन विकास ९एचआरडी० ले निर्धारण गरेको अनुमानित उत्तीर्ण संख्यामध्ये उत्पादनमूलक क्षेत्रमा २ हजार १०० र कृषि तथा पशुपालन क्षेत्रमा एक हजार निर्धारण गरेको इपीएस कोरिया शाखाले जनाएको छ ।
EPS exam
EPS Korea
