ताजा खबर News

अन्तरपार्टी यूवा सञ्जालद्वारा युवा परिषद् बाहिस्कार गर्ने चेतावनी

अन्तरपार्टी यूवा सञ्जालद्वारा युवा परिषद् बाहिस्कार गर्ने चेतावनी
असार – २५ । प्रमुख पार्टीका युवा भातृ संगठनहरु सम्मिलित अन्तरपार्टी युवा सञ्जालले युवा परिषद् पूर्नगठन गर्नु पर्ने माग गरेका छन् । पूनर्गठन नगरे प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय युवा परिषद र युवा तथा खेलकुद मन्त्रालयले गर्ने सम्पूर्ण गतिविधि बहिस्कार गर्ने चेतावनी दिएको छ । Youwa Parisad सञ्जालले शनिवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर परिषदमा एउटा दलको कार्यकर्तामात्र भर्ति गरेर भर्तिकेन्द्र जस्तो बनाएको आरोप लगाए । यसलाई तत्काल सबैलाई समेट्ने गरी पुर्नगठन नगरुन्जेसम्म सम्पूर्ण कार्यक्रम बहिस्कार गर्ने घोषणा गरेको हो । पत्रकार सम्मेलनमा सञ्जालकी संयोजक राधा घलेले सरकारले परिषद गठनमा कुनै एक दलको मात्रै भर्ति केन्द्र बनेको जिकिर गरिन् । परिषद् पुर्नगठन गरेर सबैलाई नसमेटे कडा आन्दोलनमा उत्रने चेतावनी दिईन । साथै असार २६ गते प्रधानमन्त्रीबाट परिषदको कार्यालय उद्घाटन कार्यक्रमलाई बाहिस्कार गर्नेे स्पष्ट पारिन् । यूवा तथा खेलकुद मन्त्रालयले गत असार १९ गते परिषदलाई विस्तार गरि पुर्णता दिएको थियो ।

Nepal Youwa Parisad

विशेष