जनयूद्ध जत्तिकै कठिन बजार अनुगमन : मन्त्री पुन
असार – २५ । आपूर्ति मन्त्री गणेशमान पुनले देशै भरी बजार अनुगमन कार्यलाई तिब्रता दिने घोषणा गर्दै बजार अनुगमन नगर्ने कर्मचारीमाथि समेत कारवाही गर्ने चेतावनी दिएका छन ।
रिपोर्टर्स क्लब नेपालले शनिवार आयोजना गरेको साक्षात्कारमा उनले भने, ‘राजधानीमा चलाईएको साताब्यापी विशेष बजार अनुगमनको क्रममा गुणस्तरहिन र अखाद्य बस्तु विक्री वितरण भईरहेको फेला परेकोले मन्त्रायले अब जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको अनुगमन समितिलाई सक्रिय बनाएर देशै भरी एकैपटक अनुगमन कार्य सुरु गर्छ । यसक्रममा गैरकानूनी काम गर्नेलाई पनि कारवाही हुन्छ, अनुगमन नगर्नेलाई पनि कारवाही हुन्छ ।’
उनले राजधानीमा एक साता सम्म गरिएको अनुगमन अभियानपछि पनि त्यसको पुन निरिक्षण गरेर उपयूक्त बातावरण तयार नगरेसम्म सञ्चालन गर्न नदिने चेतावनी दिए । बजार अनुगमन र कारवाही चानचुने ढंगले नहुने भएकोले यसलाई सबै मन्त्रालय र निकायहरु मिलेर एकीकृत रुपमा अघि बढाउनु पर्ने आवश्यकता औल्याए ।
मन्त्री पुनले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा राजधानीमा तत्काल देखिएको अभाव विदाको दिनमा पनि वितरण गर्ने ब्यवस्था मिलाएर सहज बनाउन लागिएको बताए ।
उनले भने,‘ ग्यास अभाव हुन नदिन पारादिपबाट समेत ग्यास आयात गर्ने प्रक्रिया अघि बढीसकेको छ । अब पेट्रोलियम पदार्थको कृत्तिम अभावको विषयमा पनि अनुगमन सुरु गर्छौ ।’
Apurti Mantri
Ganesh Man Pun