विदेशबाट सामान ल्याउँदै हुनुहुन्छ ? भन्सार महसुल हेर्नुहोस् पूर्ण विवरण

असार – २५ । भन्सार विभागले विदेशबाट नेपाल आउने यात्रुले आफ्नो साथमा ल्याउन पाउने सामानको परिणामा परिवर्तन गरेको छ ।
भन्सार विभागले निजी गुण्टा, झिटी भारी आदेश सम्बन्धी सूचना निकाल्दै २०७३ श्रावण १ गते देखि लागू हुने गरी विदेशबाट नेपाल फर्कदै गरेका यात्रुले आफ्नो साथमा ल्याउने वस्तुमा लाग्ने भन्सार महसुलमा परिवर्तन गरेको हो ।
साउन १ गते देखि लागू हुने गरी ५० ग्रामसम्म तौल भएका सुनका गहनामा भन्सार महसुल बुझाउनु नपर्ने तर काँचो सुन साथमा लिएर आउन पूर्ण प्रतिबन्ध गरेको छ । यस अघि सुन तथा सुनका गहना ५० ग्रामसम्म भन्सार महसुल नबुझाइ ल्याउन पाउने व्यवस्था थियो ।
त्यस्तै ५०० ग्रामसम्म चाँदीको गहनामा भन्सार नलाग्ने तर काँचो चाँदी ल्याउन पूर्ण प्रतिबन्द लगाएको छ । विदेशबाट फर्कदा १.१५ लिटरसम्म जुनसुकै प्रकारको मदिराको एकबोतल ल्याउन पाउने सुविधालाई घटाएर १ लिटरमात्र ल्याउन पाउने व्यवस्था गरिएको छ ।
जुनसुकै ब्रान्डकाे एउटा टेलिभिजन ल्याउन पाउइने छ । ल्याउन नपाउने भनी उल्लेख गरिएका सामान ल्याएमा त्यस्ता सामान जफत हुने समेत भन्सार विभागले जनाएको छ ।
Bhanshar
nepal airport

