फेरी बन्दुक उठाउनुकाे बिकल्प छैन - बैद्य

काठमाडौँ २५ असार । नेकपा क्रान्तिकारी माओवादीमा अध्यक्ष मोहन बैद्यले सरकारले सेनापरिचालन गरेर अपर कर्णाली परियोजना खारेज गरे जनताले बन्दुक उठाउने चेतावनी दिएका छन् ।
शनिबार राजधानीमा आयोजित आयोजित माथिल्लो कर्णाली जलबिद्युत परियोजना बिषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष बैद्यले कर्णाली परियोजना भारतलाई सुम्पेर सरकाले गम्भीर गल्ती गरेको बताए ।
नेपालका ठुला आयोजनाहरु अरु देशले नभई नेपाली र नेपाल सरकारको लगानीमा निर्माण हुनुपर्ने धारणा राखे । कार्यक्रममा उपप्रधानमन्त्री चित्र वहादुर केसीले सरकारले केहि राष्ट्रबिरोधी कार्य गरेको भएपनि आफुले भने राष्ट्रबिरोधी कार्य नगरेको बताए ।
सरकारले भारतीय कम्पनी जिएमआरसंग मिति २०६४ साल माघ १० गते गरेको अपर कर्णाली सम्झौता भएको थियो । ९ सय मेगावाट क्षमताको अपर कर्णाली हाइड्रोपावर नेपालको सुदूरपश्चिमाञ्चलको सुर्खेतका तीन, दैलेखका पाँच र अछामका दुई गरी १० ओटा गाविसमा निर्माण हुन लागेको हो ।
mohan baidhya

