माओवादी केन्द्र अब स्थानीय निकायको निर्वाचनको तयारीमा जुट्ने
काठमाडाैँ २५ असार नेकपा माओवादी केन्द्र संगठन विस्तार सँगै अब स्थानीय निकायको निर्वाचनको तयारीमा पनि जुट्ने भएको छ । शनिबार राजधानीमा मजदुरहरुको एकता भेलालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनताको घर दैलोमा जान वर्गिय संगठनलाई निर्देशन दिए ।
विभिन्न पार्टीहरु मिलेर माउ पार्टीको रुपमा नेकपा माओवादी केन्द्र गठन भएपनि तिनका बर्गिय संगठन एकिकृत नभईरहेका बेला सनिबार राजधानीमा एकीकृत भएका पार्टी सम्बद्ध मजदुरहरुको एकता भेला गरिएको थियो। सो भेलालाई सम्बोधन गर्दे अध्यक्ष दाहालले कुनै दल, पार्टी विशेष नछोडी गाउँ गाउमा, घर घरमा पुग्न निर्देशन दिए।
जनताको माओवादी जनताकै घरमा भन्ने नाराका साथ, शहीद, वेपत्ता तथा द्धन्द्ध पीडीतका घर तथा जुन सुकै राजनीतिक विचारधाराको घरमा जान सबैलाई आव्हान गरे।अध्यक्ष दाहालले आफ्नो बक्तव्यमा स्थानीय निकायको स्पष्ट उच्चारण नगरेपनि स्थानीय निकायको निर्वाचन केन्द्रीत कार्ययोजनाको झल्को दिने अनुरुपमा निर्देशन दिएका थिए।