ताजा खबर News

तिब्बतीय ६ सदस्यीय टोली नेपालमा

तिब्बतीय ६ सदस्यीय टोली नेपालमा
काठमाडौ २५ असार । चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष लिउ जियाङ् नेतृत्वमा सुरक्षा अधिकारीहरु सम्मिलित ६ सदस्यीय प्रतिनिधिमण्डल शनिबार काठमाडौ आएको छ । china nepal   चार दिने नेपाल बसाईमा प्रतिनिधीमण्डलले तिनवटै सुरक्षा अंगका प्रमुख र गृह सचिव नारायण गोपाल मलेगोसंग भेट्ने तय भएको छ । जियाङ् तिब्बतको पब्लिक सेक्युरिटी डिपार्टमेन्ट तथा सीमा नियमन फोर्सका प्रमुख समेत हुन् । नेपाल—चीन सीमाबाट हुदै आएको तिब्बतीहरुको गैह्रकानुनी प्रवेश, काठमाडौ उपत्यका लगायत चीनसँग सीमा जोडिएका जिल्लामा पश्चिमी मुलुकले तिब्बतका 'पृथकतावादी नेता' दलाई लामा समर्थकलाई गरिरहेको भौतिक र राजनीतिक सहयोग लगायतका बिषयमा चासो राख्ने कुटनीतिक स्रोतले बताएकाे छ । गत बर्षको विनाशकारी भूकम्प पछि राहत तथा पुर्ननिर्माणको नाममा अमेरिका र पश्चिमी मुलुकहरु चीनसँग सीमा जोडिएका सिन्धुपाल्चोक, दोलखा, गोर्खा लगायतका जिल्लामा 'फ्रि तिब्बत' समर्थकहरुलाई सघाइरहेको चिनियाँ बुझाई रहेको एक सरकारी अधिकारीले बताए ।

विशेष