News

प्रधानमन्त्री ओलीकै अगाडि तपाईको कत्रो छ भनेर सोधेपछि............(भिडिओ सहित)

प्रधानमन्त्री ओलीकै अगाडि तपाईको कत्रो छ भनेर सोधेपछि............(भिडिओ सहित)
kp-sharma-oli दिनभरी ज्यालामा काम गर्ने सिन्धुपाल्चोकका सुकदेब खड्का अघिपछि भएको भए सुति सकेका हुन्थे । सिन्धुपाल्चोकमा बाढी र पहिरोले वित्यास निम्त्याएकाले काठमाडौंमा रहेका उनलाई बेचैनी भइरहेको थियो । प्रधानमन्त्री केपी ओलीको अन्तरवार्ता आउने भएपछि उनी टिभी हेरेरे बसेका थिए । प्रधानमन्त्री केपी ओलीप्रति उनको बेग्लै आश्था छ । एमाले समर्थक खड्कालाई ओलीले सिन्धुपाल्चोकका बारेमा केही बोल्छन् भन्ने लागेको थियो । मलेसियामा रहेको छोराले फोन गर्यो कि सिन्धुपाल्चोकमा के भाछ भनेर सोधिहाल्थे । छोरालाई जवाफ दिनपनि प्रधानमन्त्री ओलीको जवाफ सुन्नु थियो । हिन्दी टेलिसिरियलको नशामा परेका किशोर भएकी छोरी, उमेर ढल्किसकेकी बुढी र नवविवाहित बुहारीलाई उनले थामथुम पारे । रिमोट नेपाल टेलिभिजनतर्फ सोझाए । प्रधानमन्त्री ओलीको अन्तरवार्ता आउने बेलामा विज्ञापन बज्न थाल्यो । हास्यकलाकार सन्दिप क्षेत्रीको डबल रोल भएको विज्ञापन बज्न थालेपछि कोठाको माहोल नै अर्कै भयो । हातले आकार देखाउंदै एकजना व्यक्तिले डाक्टरलाई तपाईको कत्रो छ भनेर सोध्यो । डाक्टर 'हँअ' भन्दै जङ्गिदै उठ्यो । यो दृश्य हेर्न नपाउंदै किशोरवयकी छोरीले खित्का छोडिन् । बुहारीले लजाउंदै मुख छोपिन् । बुढा के हेरिराको यस्तो भन्दै श्रीमतीले चर्को स्वर गरिन् । छोरीले खेलाउंदै गरेको रिमोट सुकदेबले खई यता ले भन्दै ताने । र अर्कै च्यानल हेर्न थाले । सरकारी च्यानल नेपाल टेलिभिजनमा प्रधानमन्त्री ओलीको विज्ञापन पूर्व प्रसारित सामाग्री सुकदेबजस्तै आम नेपालीको घरमा पाच्य छैन । [embed][/embed] अश्लिल र भद्धा विज्ञापन तपाईको कत्रो छ भनेपछि डाक्टर जङ्गिदै उठेको देखाइनुको अर्थ हो ः निर्मातालाई अश्लिल सन्देश दिन्छ भन्ने थाहा छ । फेरी, डाक्टरसंग तपाईको कत्रो छ भन्दै मोबाइलका बारेमा सोध्न सायदै कोही जाला । सन्दर्भपनि बिल्कुलै मिल्दैन । सोध्ने व्यक्ति मगज विग्रेको देखाइएको भए उपयुक्त हुन्थ्यो । विज्ञापनको अन्त्यमा सोध्ने व्यक्तिले कर्लस मोबाइलका बारेमा विस्तृत जानकारी दिएको देखाइन्छ । सस्तो ध्यानार्कषणका लागि अश्लिल शैली अपनाइएको प्रष्ट हुन्छ । यस्तो अश्लिल शैली सन्दिप क्षेत्रीले नै अभिनय गरेको एनसेलको रिचार्ज बोनसको विज्ञापनमा समेत अपनाइएको छ । प्यान्ट फुत्केको फुत्कै गरेको र पाइन्टको चेन लगाउन नसकेको दृश्य अश्लिलता केन्द्रीत छ । सँसदमा पनि कुरा उठ्यो नेपाली काँग्रेसकी सचेतक ईश्वरी न्यौपानले अश्लिल विज्ञापनका बारेमा सँसदमा कुरा उठेको जानकारी दिइन् । आफुले सो विज्ञापन नहेरेको तर सोका बारेमा थुप्रै टिप्पणी सुनेको उनको भनाइ छ । विज्ञापन हेरेपछि यसबारेमा कुरा उठाउने बताउंदै न्यौपानेले भनिन्, अश्लिल सन्देश जाने विज्ञापन बजाउन हुँदैन भन्ने मेरो मत छ ।

विशेष