नयाँ शक्ति आज निर्वाचन आयोगमा दर्ता हुने
पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ । भृकुटीमण्डपबाट नाराजुलुशसहित सो पार्टी दर्ताका लागि कान्तिपथस्थित आयोगमा जाने बताइएको छ । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेले दिउंसो साडे बाह्रबजे आयोग पुगिने र पार्टी दर्ता गराइने जानकारी दिएका छन् । सरकारले निर्वाचनको तयारी थालेसंगै नयाँ शक्ति पार्टी आयोगमा दर्ता हुन लागेको हो । भट्टराईले निर्वाचन भएमा पार्टी जुनसुकै समयमा चुनावमा जान तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले मधेशी मोर्चासँग सहमति नगरिकन गरिने चुनावले निकास दिन नसक्ने प्रष्ट गरेका छन् । नयाँ संरचनाका आधारमा निर्वाचन हुनुपर्नेमा नयाँशक्तिले जोड दिएको छ ।