ताजा खबर News

गोबिन्द केसीले ४ बजे अनसन थाल्ने, शिक्षण अस्पतालमा २ थरी अनसन हुने

गोबिन्द केसीले ४ बजे अनसन थाल्ने, शिक्षण अस्पतालमा २ थरी अनसन हुने
dr-govinda-kc-nepal-aaja डाक्टर गोविन्द केसी आज अपरान्ह ४ बजे शिक्षण अस्पताल महाराजगंजमा आमरण अनसन बस्दैछन् । उनको यो आठौं पटकको अनसन हो । यसअघि बसेकै स्थलमा आफु अनसनमा बस्ने उनले नेपालआजलाई जानकारी दिएका छन् । तीन बजे उनले अनसनको औचित्य र आफ्नो मागका बारेमा पत्रकार सम्मेलन गर्दैछन् । चिकित्सा शास्त्र अध्ययन संस्थानको डीन कार्यालयले केसीलाई अस्पताल परिसरमा अनसन नगर्न आग्रह गरेको थियो । उनले आफुले अस्पतालको कुनामा अनसन गर्ने भएकाले शिक्षण अस्पतालको स्वाश्थ्यसेवा प्रभावित नहुने प्रतिक्रिया दिए । मेडिकल कलेजलाई सम्बन्धन दिने तथा मेरिटका आधारमा विद्यार्थी भर्ना गर्ने विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीले अनावश्यक चलखेल गरेको केसीको आरोप छ । उनीमाथि महाअभियोग लगाउनुपर्ने लगायतका ४ बुंदे माग रोखेर केसी अनसनमा बस्न लागेका हुन् । कार्कीविरुद्ध महाअभियोग संसदको दुई तिहाइ बहुमतले मात्र लगाउन सक्छ । अनसन बस्ने जानकारी उनले २ साता अघि नै दिएका थिए । यसबारेमा संसद र सरकारका तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । अख्तियारले भने केसीको मानसिक सन्तुलन ठीक नभएकाले उपचारको व्यवश्था गर्न सरकारसंग माग गरेको थियो । मनमोहनका ३३ डाक्टरपनि अनसनमा डाक्टर केसी शिक्षण अस्पतालमा अनसनमा बसेमा आफुहरुपनि शिक्षण अस्पतालमै आमरण अनसनमा बस्ने भन्दै ३३ डाक्टरले विज्ञप्ति निकालिसकेका छन् । मनमोहन मेमोरिअल अस्पतालसँग आबद्ध ३३ डाक्टरले ४ बजेपछि आफ्नो कार्यक्रम तय हुने जनाएका छन् ।

aansan Dr Govinda KC Lok man sing karki

विशेष