यस्ता छन नेपाल भारत समबन्धका महत्वपुर्ण सन्र्दभहरु
सन्धिदेखि ईपीजीसम्म
२००६
ब्रिटिसकालमा नेपाल तथा ब्रिटेनबिच भएको सन् १९२३ ( वि सं १९८०) को मैत्री सन्धि प्रतिस्थापन गरी नयाँ सन्धि गर्ने उदेश्यले भ्रमणको निम्तो पाएका प्रधानमन्त्री श्री ३ मोहन शमशेर राणा ८ फल्गुणमा भारत भ्रमणमा गए । तर सन्धिका प्रावधानमा चित्त नब्झेपछि यत्तिकै नेपाल फर्के ।
२००७
आफुले प्रस्ताब गरेबमोजिम सन्धिमा हस्ताक्षर नगरे अप्ठ्यारो स्थितीको सामना गर्नुपन भारतिय दबाबपछि मोहन शमशेर शान्ति तथा मैत्रि सन्धिमा हस्तान्तरण गर्न बाध्य भए । १६ साउनमा हस्ताक्षर भएको सन्धिका साथमा पाचँ बुदे पत्र आदानप्रदान पनि भयो ।
२०११
नेपाली परराष्ट्र मन्त्री डिल्लीरमण रेग्मीसंगको कुराकानी २४ बैशाक मा १९५० को सन्धी फेरबदल गर्ने कुरा गरेका थिए , नेहहरुले । यसबाहेक बिदेश सचिब बीके नेहरुलाई सन्धी पुनराबलोकनका लागी आदेश पनि दिएका थिए । तर त्यसको कार्यन्वयन भएन ।
२०२४
टाईम्स अफ ईन्डियालाई दिएको अन्र्तबार्तामा प्रधानमन्त्री कीर्तिनिधि विष्टले १९५० को सन्धी नेपाललाई मान्य नभएको भन्दै सन्धीको बिरोध गरे । तर, विष्टले औपचारिक तवरमा चाही भारतसंग सन्धी पुनरावलोकनको प्रस्ताब राखेनन् ।
२०५१
भारत भ्रमणका क्रममा प्रधानमन्त्री मनमोहन अधीकारी द्धारा पहिलो पटक आधिकारिक रुपमा नेपालका तर्फबाट १९५०को सन्धि पुनरावकलन प्रस्ताव गरे । यस विषयलाई मन्त्रीस्तरिय वार्ताबाट टुङ्गो लगाउने सहमती भयो ।
२०५४
परराष्ट्रमन्त्री कमल थापाले भारत भ्रमण क्रममा भारतिय प्रधानमन्त्री आईके गुजरायललाई भेटि १९५० को सन्धिको विकल्पमा नयाँ सन्धिसहितको नन पेपर प्रस्तुत गरे । त्यसअघि २०५४ भदौमा पनि नयाँदिल्लीमा परराष्ट्र सचिब कुमारप्रसाद ज्ञवालीले पनि यस विषयमा कुराकानी गरेका थिए ।
२०६५
प्रधानमन्त्री पुष्पकमल दहालको भारत भ्रमणका क्रममा समकक्षी मनमोहन सिहंसंग १९५० को सन्धि पुनरावकलन गर्ने सहमती भएको थियो ।
भ्रमणपछि जारी सयुत्तः बिज्ञप्तीमा पनि पुनरावकोलन गर्ने कुरा उल्लेख छ । विमेस्टेक शिखर सम्मेलनका लागि भारत भ्रमण पुगेका बेला २९ कात्तिक ०६५मा भारतिय समकक्षि संग भएको भेटमा दोस्रो पटक पनि प्रचण्ले यसबारे कुराकानी गरे ।
२०६६
प्रधानमन्त्री माधबकुमार नेपालको भ्रमणका क्रममा १९५० को सन्धिको बारेमा कुरा भयो । १९५० को सन्धिलगायत दुईपक्षिय समबन्ध बलियो बनाउने उदेश्यले छलफल र समिक्षा गर्न दुबै देशका प्रधानमन्त्रीले आफ्नो परराष्ट्र सचिबलाई निर्देशन दिएको ६ भदौमा जारी सयुत्तः बिज्ञप्तिमा उल्लेख गरियो ।
२०६८
बाबुराम भट्राईको भारत भ्रमणका क्रममा दुबै प्रधमनमन्त्री बिच १९५० को सन्धिको समिक्षा गर्ने, यसलाई समय सान्र्दभिकता बनाउने बिषयमा सहमती भयो । साथै दुबै पक्षले नेपाल भारत समबन्धलाई अरु विस्तार गर्न सन्धि सम्झौताहरुपुनरावकलन गर्ने प्रबुद्ध व्याक्ति समुह गठन गर्ने विषयमा सहमती जनाए ।
२०७१
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिको पहिलो नेपाल भ्रमणका क्रममा १९५० को सन्धिको समिक्षा गर्ने, यसलाई समय सान्र्दभिकता बनाउने विषयमा सहमती भयो । साथै ईपीजी गठन गर्ने कुराको स्वागत गर्नुका साथै तत्काल यसको गठन गर्न निर्देशन दिने सहमती भयो ।
२०७२
भारतिय प्रधानमन्त्री नरेन्द« मोदीको भारत भ्रमणमा भएको सहमती अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अघि नै १४ माघमा नेपालले ईपीजीमा रहने नेपाली सदस्यको नाम तय ग¥यो । भारतले ओली भारत भ्रमणमा रहेको बेला ८ फागुनसम्ममा आफ्ना सदस्यहरुको नाम सार्वजानिक ग¥यो ।
२०७३
काठमाण्डौमा नेपाल भारत समबन्धसमबन्धी प्रबुद्ध व्याक्तिहरुको समुह को पहिलो बैठक २०ं गते असारमा भयो । बैठकले १९५० लगायतका सन्धिहरुको समिक्षा पुनरावलोकन गर्ने निर्णय गर्नुका साथै यस विषयमा छलफलका लागी थप समयअवधी समेत निश्चित ग¥यो । जस अनुसार समुहको बैठक प्रत्येक तीन महिनामा पालैपालो काठमाण्डौ र नयाँदिल्लीमा हुनेछ ।