रेलमा झन्डै हराएका थिए गभर्नर चिरञ्जीवी नेपाल
मेरो जन्म २०१७ मा पाल्पाको पखरापरी भन्ने ठाउँमा भएको हो । हजुरबुबा पूर्व प्रधानमन्त्री केआई सिंहका मित हुनुहुन्थ्यो । गाउँको प्रभावशाली व्यक्तित्व हुनुहुन्थ्यो । गाउँमा स्कुल खोल्न उहाँकै योगदान रह्यो । बुबा कुलानन्दले नेपनल र भा।रतमा पढ्नुभएको हो । त्यसपछि ग्रयाजुवेट भएर प्रहरीमा जागिर खान थाल्नभयो । उहाँ खुल्ला प्रतिस्पर्धाबाट इन्सिपेक्टर छानिने पहिलो ब्याजको इन्सिपेक्टर हुनुहुन्थ्यो ।
बुवाको जागिर काठमाडौँमा थियो । कान्छो काकाले एसएलसी पास गरेपछि काठमाडौँ जाने कुरा गर्नुभयो । बुवाले काकासगै मलाई पनि काठमाडौँ ल्याउनु भन्नुभयो । त्यतिबेला म चार वर्षको मात्र थिएँ । काकासगँ बुटवल हुँदै भैरवा आएँ । त्यतिबेला जंगलमा खाजा खाएको याद छ । भैरहवामा जहाजको टिकट नपाएपछि रक्सौल हुँदैै वीरगञ्जबाट ट्रकमा काठमाडौँ आयौँ र नौतनुवाको रेलमा म झन्डै हराएको थिएँ । काठमाडौँ आएर डिल्लीबजार स्थित शिशु निकेतनमा भर्ना भएँ । त्यतिबेला बुवा उपत्यकाको डीएसपी भइसक्नुभएको थियो । भाइ गाउँमै थियो ।
शिशु निकेतन साह्रै राम्रो विद्यालय, भारतीय नागरिकले चलाएको । अनुशासित वातावरण थियो । म साझो थिएँ । खाजा चोरी हुन्थ्यो । महिनौँसम्म खान पाइएन । पढाइँ राम्रो थियो । पहिलो चाटि हिन्दी फिल्म त्यहीँ हेरेको हो । ‘दोस्ती’ फिल्मखम हेरेर रोएको अहिलेसम्म पनि याद छ । बुवाले अमेरीकाबाट परीक्षँ टप गरेर पाएको सुनको चिनोजस्तो थियो । मैले त्यो लगेर साथीलाई दिएँ । उसले मलाई मिठाई खुवायोे । पछि खोजेर ले भन्नुभयो बुवाले, तर ल्याउन सकिनँ । बुवाले मलाई स्वतन्त्र नै छोड्नुभएको थियो । तर आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने भएपछि जुझारु भइयो । पाँच बजे उठेर लेखपढ गर्ने बानी थियो । दसैँमा पहाड गइन्थ्यो तर त्यहाँ खासै साथिभाइ थिएनन् ।
शिशु निकेतनमा २ कक्षासम्म पढेर एकैचाटि कक्षा ५मा कीर्तिपूरको ल्याब स्कुलमा भर्ना भएँ । सात कक्षाको आधासम्म ल्याबामै पढेँ । एकजना राजगोपाल सर भन्ने थिए, विद्यार्थीलाई खुब पिट्ने । मैले त्यहीँ हो पिटाइ खाएको । त्यतिबेलासम्म बुवाले चाबहिलमा घर किनिसक्नुभएको थियो । हामी किर्तीपुरमा रहेको स्कुल जान गौशालाबाट बस चढ्थ्यौँ । भाइ पनि लयाबमै पढ्न थालिसकेको थियो । एकजना अनुप जंग थापा भन्ने मेरा साथी थिए । उनले एकदिन घरबाट पैसा चोरेर ल्याए । ६५ नम्बरको बस जान्थ्यो । तर हामी बस छोडेर ‘बैंक रोबरी’ भन्ने देवकुमारको फिल्म हेर्न गौशलाबाट नयाँ बानेश्वर हुँदै अशोक सिनेमा हल पाटन गयौँ । १० पैसा पथ्र्यो टिकटको । अनि फिल्म हेरेर गौशल स्टपमा आइपुगियो । बाटोमा मुला गाँजर खाजा खायौँ । तर त्यही दिन भाइ बेनचबाट लडेर मुख सुन्निएको रहेछ । आमालाई पोल लगाइदियो । धेरै गाली खाइयो त्यसपछि कहिल्यै कक्षा छोडेर भागिएन । कक्षा सातको आधामा बुवाको राजविराज सरुवा भयो । राजविराजको एमी हाई स्कुलबाट सात कक्षा पास गरेँ । आठ कक्षामा सिद्धार्थ बोर्डिङ स्कुल काठमाडौँ पढ्न आएँ । तर त्यहाँ सबै खाजा प्रिनिसपलको छोरालाई बुझउनुपथर्यो ।
त्यो स्कुल अहिलेको रसियन कल्चर सेन्टर भएको ठाउँमा थियोे । पछि वनस्थलीसगँ मिलेर सिद्धार्थ बनसथली भयो । त्यहाँ फुटबल खेल्थेँ । आर्टमा काठमाडौँको तेस्रो भएँ । प्रिन्सिपलकोे दादा छोरालाई खाजा बुझाउनु पर्ने भएपछि आफ्नो सुरक्षा आफैँ गर्नुपर्छ भन्ने भयो । आठ कक्षा त्यहाँ पढेपछि नेपालगञ्ज बुवाको सरुवा भएकाले त्यहाँ गएँ । त्यहीँ हुँदा बुवाको जागिर खोसियो । झुटा चार्ज लगाइयो । राजा विरेन्द्र भर्खर राजा भएका थिए । एश्वर्या रानीको दाइलाई आइजी बनाउन बुवालाई हटाउने प्रपञ्च रचियो । त्यसपछि पद्योदय आएँ । त्यहीँ शिशु निकेतनका साथी जयसिंह शाह भेटिए । उनी हाल नेपाल टीभीमा छन् । त्यससगैँ सुनिल थापा(पूर्व वाणिज्य मन्त्री), हरिवशं आचार्य मेरा सहपाठी बने । सुनिलका बुवा सूर्यबहादुर थापा(पूर्व प्रधानमन्त्री) जेलमा थिए । हामी दुइ भेट्न जान्थ्यौँ । त्यहाँ अलि महसुर भएँ । एकपटक झगडा भयो । मैले बक्सिङ हानेँ । ती साथीहरुले मलाई कृष्णबहादुर मानन्धर भन्ने सरकहाँ लिएर गए । उनले यो राजकुमारजस्तो केटा छ, कहाँ पिट्यो होला र भनेर छाडिदिए । दस कक्षामा पढ्दा बुवाले व्यापार गर्न थाल्नुभएको थियो भैरहवामा । त्यहीँबाट एसएलसी दिएँ । दस कक्षासम्म पुग्दा धेरै विद्यालय चहारेँ । यसले साथीभाइ त भए तर निरन्तरता भएन । एसएलसी पछि आइएस्सी पढ्न त्री चन्द्र कलेज आएँ । त्यसपछि बीए पढ्न पाल्पा क्याम्पस गएँ ।
त्यहाँ स्वतन्त्र विद्यार्थी युनियनको सभापति भएँ । त्यसपछि त्रीभूवन विद्यालयमा सभापति हुन चाहन्थेँ । तर पाइँन । त्यसपछि पढ्नुपर्छ भनेर अर्थशास्त्रमा ध्यान दिएर पढ्न थालें । बनारस विश्वविद्यालयबाट पीएचडि गरेँ । उद्योगमा श्रमिकको सम्बन्ध विषयमा गरेको हुँ । विश्वविद्यालयमा पढाएँ । बाहिर पनि पढाएँ । धितेपात्रो बार्डको अध्यक्ष पनि भएँ । राजनितीमा पनि लागेँ । मेरो भाइबहिनीहरुलाई सुझाव–आफूलाई चित्तबुझेको काम गर्नुपर्छ । विद्यार्थीले राजनीति बुझ्नुपर्छ । मुलुक राजनीतिले नै चलाउने भएकाले बुझ्नु जरुरी छ ।
(कोपिलाबाट)
chiranjivi nepal governer railma jhandai harayeko