खेल News

फ्रान्स र पोर्चुगलबीचको फाइनल खेलाउने इंग्लिस रेफ्री

फ्रान्स र पोर्चुगलबीचको फाइनल खेलाउने इंग्लिस रेफ्री

युरोकप २०१६ अन्तर्गत आयोजक फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल खेलाउने रेफ्रीको घोषण भएको  छ । युइएफए रेफ्री कमिटीले सेन्ट डेनिसमा हुने खेल इंग्लिस रेफ्री मार्क क्लाटेनवर्गले खेलाउने घोषणा गरेको छ । ४१ वर्षे क्लाटेनवर्गले गत मे मा भएको रियल मड्रिड र एथ्लेटिको मड्रिडबीचको खेल समेत खेलाएका थिए ।

एकै वर्षमा च्याम्पियन्स लिग र युरोकपको फाइनल खेलाउने उनी दोस्रो रेफ्री बन्ने भएका छन् । यसअघि सन् २०१२ मा पेड्रो प्रोएन्काले दुवै फाइनल खेलाउने अवसर पाएका थिए । पूर्व इलेक्ट्रिसियन समेत रहेका क्लाटनेवर्गले मे मा एफए कपको फाइनल समेत खेलाएका थिए । उनी आइसल्याण्ड र अष्ट्रियाबीचको खेलमा भने फोर्थ अफिसियलको भूमिकामा थिए ।

फ्रान्समा जारी युरोमा उनले खेलाउन लागेको यो चौथो खेल हो । यसअघि बेल्जियम र इटली, चेक र क्रोएसिया तथा स्विट्जरल्याण्ड र पोल्याण्डबीचको खेल खेलाएका थिए । सन् २००७ मा अन्तराष्ट्रिय रेफ्री बनेका क्लाटेनवर्गले सन् २०१२ को ओलम्पिक पुरुष फुटबलको फाइनल र २०१४ को युइएफए सुपर कपको फाइनल खेलाएका थिए ।उनी युरोकप फाइनल खेलाउने तेस्रो इंग्लिस रेफ्री बन्नेछन् । यसअघि सन् १९६० मा आर्थर एलिस र १९६४ मा आर्थर हल्याण्ड फाइनल खेलका रेफ्री थिए ।

euro cup 2016 france vs portugal refree

विशेष