News स्वास्थ्य

ख्याल गर्नुस् इनर्जी ड्रिङ्क्सले यी समस्या निम्ताउन सक्छ

ख्याल गर्नुस् इनर्जी ड्रिङ्क्सले यी समस्या निम्ताउन सक्छ
problematic-drinks आजकाल मानिसहरु तिर्खाएको समयमा पानी भन्दा बढि इनर्जी ड्रिङ्क्स पिउने गर्दछन् । तर ती व्यक्तिले ख्याल गर्दैनन् इसनर्जी ड्रिङ्क्स यतिसम्म खतरनाक हुन्छ भन्ने कुरा । थकाइ या कमजोर महशुश हुँदा इसनर्जी ड्रिङ्क् पिउने गरे पनि नियमित स्वास्थ्य अवस्था भन्दा बढि पिउदा यसले स्वाीथ्यमा नै नकारात्मक असर पार्छ । डाइबेटिजः इसनर्जी ड्रिङ्क्समा चिनीको मात्रा बढि हुने भएकाले डायबिटिज हुन सक्छ । मुटु रोगः दैनिक रुपमा २५० भन्दा बढि मात्रामा इसनर्जी ड्रिङ्क्स सेवन गरेमा मुटु रोगको सम्भावना हुन सक्छ । विशेष गरि किशोर किशोरीमा यो खतरा बढि हुने गर्दछ । माइग्रेन र टाउको दुखाइः इसनर्जी ड्रिङ्क्समा क्याफिनको मात्रा बढि हुने भएकाले टाउको दुखाइ र माइग्रेनको खतरा हुन सक्छ । बीपी उच्चः इसनर्जी ड्रिङ्क्समा क्याफिनको मात्रा बढि हुने भएकाले बीपी उच्च हुने सम्भावना छ । एंग्जाइटि डिसअर्डरः इनर्जी ड्रिङ्क्समा रहेको क्याफिनले एंग्जाइटि हुन्छ । मुटुको गति तेज हुन्छ, चिसो पसिना आउने र हात काँप्ने लगायतका समस्ययाहरु देखिन्छन् । सुगरको कूलतः नियमित इनर्जी ड्रिङ्क्सको सेवनले शरिरमा कफिन र सुगरको कूलत बढाउँछ । निन्द्राको समस्याः इनर्जी ड्रिङ्क्समा रहेको क्याफिनले निन्द्रामा समस्या ल्याउन सक्छ । मानसिक समस्याः आवश्यक्ता भन्दा बढि इनर्जी ड्रिङ्क्सको सेवन गर्दा मानसिक समस्या हुन सक्छ । डिप्रेसन, नर्भस, स्ट्रेस लगायतका समस्या उत्पन्न हुन सक्छन् । दाँतको समस्याः इनर्जी ड्रिङ्क्सको सेवनले गर्दा दाँतको इनामेल जाने जस्ता समस्या आइपर्न सक्छन् । वाकवाकीः खाली पेटमा इनर्जी ड्रिङ्क्स पिउँदा वान्ता आउने समस्या हुन्छ ।

energy drinks khyal garnuhoss energy drinks problem with energy drinks

विशेष