मनोरञ्जन News

ऋचालाई राहत

ऋचालाई राहत

को आफ्नो, जंगे र बाटोमुनिको फूलबाट हिरोइन ऋचा शर्माले ह्याट्रिक हानिन् तर हिटमा होइन फ्ल्पमा । जबकी, को आफ्नोको उनको हुलियाले रिलिजअगाडि धेरै चर्चा बटुलेको थियो तर यो प्रशंशा व्यवसायमा प्रशंशनीय भइदिएन । जंगेमा पनि उनको भूमिका र अभिनय तारिफयोग्य नभएको होइन । जंगेको पनि व्यवसायिक हालत को आफ्नोको भन्दा अलग रहेन ।

अघिल्लो वर्ष सर्वोत्कृष्ट अभिनेत्रीको राष्ट्रिय अवार्ड जितेकी ऋचामाथि ‘ब्याक टु ब्याक ’ असफलताले नैतिक प्रश्न खडा गरेको छ । तर, थोरै सहि, लुट २ ले उनको यो पीडा मत्थर गरेको छ । करिअर संकटमा परेका बेला ब्लकबस्टर लुटको सिक्वेल खेल्न पाउनु उनका लागि कम्ती भाग्यको कुरा होला र ?

richa sharma richalai rahat

विशेष