प्रधानमन्त्रीले बोलाउदा गएनन् डाक्टर केसी
काठमाडौँ २६ असार प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा बोलाए पनि प्रा. डा. गोविन्द केसी गएनन् वार्ताका लागि उनका प्रतिनिधिहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् ।
प्रधानमन्त्रीका निजी सचिबालयका अनुसार प्रधानमन्त्रीले डा. केसीलाई नै वार्तामा बोलाएका थिए । र, उनले आउँछु भनेका थिए । तर, अहिले आफू नआउने खबर पठाएका छन् । दाहालले भने, ‘सुरुमा उहाँ डा.केसी)आफैं आउँछु भन्नु भएको थियो । अहिले नआउने खबर आएको छ ।’