ताजा खबर News

डा. केसीलाई शिक्षण अस्पताल प्रशासनको अवरोध, क्वाटरमा पनि अनशन बस्न दिइएनन

डा. केसीलाई शिक्षण अस्पताल प्रशासनको अवरोध, क्वाटरमा पनि अनशन बस्न दिइएनन
काठमाडौं  २६ असार – चिकित्सा शिक्षा सुधारको माग राख्दै चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का प्राध्यापक डा गाविन्द केसीलाई शिक्षण अस्पताल प्रशासनले अनशन बस्न अवरोध गरेको छ । dr-govinda-kc-nepal-aaja प्रशासनले यसअघि अनशन बसेको ठाँउमा ताला लगाइदिएको छ । डा. केसीले आफ्नै क्वाटरमा अनशन बस्ने प्रयास गरेपनि बस्न दिइएन । डा. केसी अहिले गणेशमान सिंह नाक, कान, घाँटी भवनको चिसो छिंडीमा बसेर पत्रकार सम्मलेन गर्ने तयारी गरेका छन् । अस्पताल प्रशासनको विद्यार्थी तथा शुभचिन्तकले बिरोध गरेका छन् । डा. केसीद्धारा प्रधानमन्त्री भेट अस्विकार, डा. जिवन क्षेत्रीसहित पाँचजनाको टोली बालुवाटारमा आजदेखि अनशन बस्ने तयारी गरिरहेका डा गोविन्द केसीलाई प्रधामन्त्री केपी शर्मा ओलीले भेटवार्ताका लागि बोलाएपनि उनले अस्विकार गरेका छन् । केसीले डा. जिवन क्षेत्रीसहित पाँचजनाको टोलीलाई वार्ताका लागि बालुवाटारमा पठाएका छन् । वार्तामा स्वास्थ्य मन्त्री रामजनम चौधरी र शिक्षा मन्त्री गिरीराजमणी पोखरेलपनि सहभागी छन् । सरकार वार्ताका लागि गम्भिर नभएका कारण डा. केसीले वार्ता अस्विकार गरेको बुझिएको छ ।

विशेष