डा. केसीकाे अनशन स्थल तनाव ग्रस्त, प्रहरी परिचालन
असार – २५ । डा. गोविन्द केसी अनशन बसेको ठाउँमा केही केही व्यक्तिले नाराबाजी गरेपछि स्थिति तनाव ग्रस्त बनेको छ ।
डा. केसीले अनशन घोषणा गरेसँगै शिक्षण अस्पताल परिसरमा अस्पताल बचाउ समूहका नाममा केही व्यक्तिले डा. केसीबिरुद्ध नाराबाजी गरिरहेका गरे लगतै स्थिति तनाव ग्रस्त बनेको हो । तनाव बढ्दै गएपछि प्रहरी परिचालन गरिएको छ ।
अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनु पर्नेसहितका माग राखेर डा.गोविन्द केसी आठौं पटक अनसन बसेका थिए । सरकारबाट सहमति कार्यान्वयनको ठोस प्रतिवद्धता नआएको भन्दै डा. गोविन्द केसी आइतबार अपरान्हदेखि त्रिवि शिक्षण अस्पताल डी ब्लकको दोस्रो तलामा आमनरण अनसनमा बसेका हुन् ।
यसअघि प्राध्यापक डा गाविन्द केसीलाई शिक्षण अस्पताल प्रशासनले अनशन बस्न अवरोध गरेको थियाे । प्रशासनले अनशन बसेको ठाँउमा ताला लगाइदिएको थियाे । डा. केसीले आफ्नै क्वाटरमा अनशन बस्ने प्रयास गरे पनि बस्न दिइएकाे थिइएन।
Dr. Gobinda Kc
teaching hospital