विदेश

काश्मिरमा तनाब कायमै, झडपमा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

काश्मिरमा तनाब कायमै, झडपमा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

j-kmap

असार - २६ । भारत प्रशासित काश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा मृत्यु हुनेको सङ्ख्या आइतबार १८ पुगेको छ भने करिब २०० जनाभन्दा बढी मानिस घाइते भएको आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा एक प्रहरी अधिकारीले बताएका छन् । मृत्यु हुनेमा एक प्रहरी अधिकारी र अन्य १७ जना प्रदर्शनकारी भएको बताइएको छ । प्रहरी कारबाहीमा २२ वर्षीय हिजबुल मुजाहिद्दिन विद्रोही समूहका युवा नेता बुरहान वानीको मृत्यु भएपछि आक्रोसित बनेका स्थानीयले शनिबारको प्रदर्शनका क्रममा प्रहरीको एउटा गाडीलाई नदीमा धलेलिदिएपछि गाडीभित्र रहेका एक प्रहरीको मृत्यु भएको थियो । हिज्बुल मुजाहिद्दिनका कमाण्डर वानीलाई शुक्रबार मारिएको विरोधमा भारत प्रशासित कश्मिरमा शनिबार प्रदर्शनकारीले सरकारद्वारा घोषणा गरिएको निशेधाज्ञा तोड्दै प्रदर्शन गरेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अस्पतालका एक कर्मचारीले एएफपीसँगको कुराकानीमा बताएका छन् ।

हिजबुल मुजाहिद्दिन कश्मिरमा सक्रिय ठूलो विद्रोही समूह हो । वानीको हत्या गरिएकोे आक्रोशमा प्रदर्शनकारीले शनिबार कश्मिर इलाकाका केही प्रहरी कार्यालयहरु जलाएका थिए भने निषेधित क्षेत्रमा अवस्थित सैनिक शिविरमा समेत ढुङ्गा हानेका बताइएको छ । सरकारी अधिकारीले मृत वानीका शवलाई शनिबार उनको परिवारलाई बुझाएका थिए । दसौँ हजार मानिसको उपस्थितिमा उनको शवलाई शनिबारै अन्तेष्टि गरिएको थियो ।

India Kasmir

विशेष