अर्थ News

त्रिविको अागामी वर्षकाे बजेट १८ अर्ब २५ करोड

त्रिविको अागामी वर्षकाे बजेट १८ अर्ब २५ करोड

असार - २६ । त्रिभुवन विश्वविद्यालयले आगामी आर्थिक वर्षका लागि १८ अर्ब २५ करोड २ लाख ३१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । त्रिविले आइतबार आफ्नो ५७ औं साधारण बैठकमार्फत आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकाे बजेट  बजेट चालु आवकाेभन्दा ५७ करोड ५३ लाख बढी हो ।

सार्वजनिक बजेट मध्ये ४ अर्ब ६ करोड ३६ लाख ९९ हजार रुपैयाँ शिक्षक प्राध्यापकहरुको तथा ३ अर्ब ४० करोड ७७ लाख ४० हजार रुपैयाँ कर्मचारीको तलबमा बताएकाे छ । त्रिविमा ७ हजार ९ सय शिक्षक प्राध्यापक र ७ हजार २ कर्मचारी कार्यरत छन् । त्रिविले अवकाशप्राप्त शिक्षक प्राध्यापक र कर्मचारीको उपदान र निवृत्तिभरणका लागि १ अर्ब २० करोड २१ लाख ८९ हजार, परीक्षा संचालनका लागि ५४ करोड ७२ लाख ११ हजार र मर्मत सम्भारका लागि २४ करोड ७२ लाख १६ हजार रुपैयाँ विनियोजन गरेको छ ।

त्रिविले भ्रमणका लागि ६ करोड ३९ लाख, बैठक भत्ताका लागि ६ करोड १९ लाख, गोष्ठीका लागि ६ करोड ७२ लाख, विद्युत र पानीका लागि १२ करोड १६ लाख, पुरस्कारका लागि १ करोड ९३ लाख, विज्ञापनका लागि ३ करोड ६२ लाख तथा अतिथि सत्कारका लागि १ करोड ८७ लाख रुपैयाँ छुट्याएको छ । रजिष्ट्रार डिल्लीराम उप्रेतीले १८ अर्ब २५ करोड रुपैयाँ बजेटमध्ये ८ अर्ब १२ करोड ९९ लाख रुपैयाँ विश्वविद्यालयले आन्तरिक स्रोतबाट जुटाउने र बाँकि रकम विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गर्ने बताउनुभयो । त्रिवि सभाको साधारण बैठकले आगामी आर्थिक वर्षको प्रस्तावित बजेट पारित गरेको छ ।

Tribhuban University

विशेष