ताजा खबर News

तमोर नदी थुनिदाँ मितलुङ बजारका दुई घर डुबानमा

तमोर नदी थुनिदाँ मितलुङ बजारका दुई घर डुबानमा
असार - २६ । तमोर नदी थुनिदाँ ताप्लेजुङको मितलुङ बजारका दुई घर डुबेका छन् । मिलतुङ बजारका जीवन लिम्बु, दिलबहादुर लिम्बुको घर डुबेको प्रहरीले बताएकाे छ । klx/f]n] y'lgPsf] tdf]/ gbL zlgaf/ /ftL tfKn]h'ªsf] ;fjflbgl:yt le/af6 em/]sf] klx/f]n] y'lgPsf] tdf]/ gbL . tl:a/M;Gtf]if k's'{6L, tfKn]h'ª, /f;; नदी थुनिएपछि मितलुङबजार, हान्द्रुङ, दोभानलगायतका अन्य स–साना बस्तीहरु खतरामा परेका हुन् । नदी धार परिवर्तन गरेर बगेपनि अहिले झण्डै एक किलोमिटरको क्षेत्रमा थुनिएको पानी बाहिर फैलिएको प्रहरीले जनाएको छ । धार परिवर्तन भई पानी बग्न थालेपनि पानिको बहाव झन बढ्दै गएको स्थानीयबासिन्दाले बताएका छन् । त्यस्तै पानी पनि परिरहेका कारण मितलुङबजारका केही बासिन्दा घर छोडे अन्यत्र गएका छन् । दोभान र हान्दु्रङका स्थानीयलाई पनि सचेत भएर बस्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालयका बताएकाे छ ।  राति झण्डै दुई बजेको समयमा तमोर नदी पारी सावादिन गाविसको नाक्ला भिरबाट पहिरो झरेपछि तमोर नदी केही समय थुनिएको थियो । अहिले नदीकोे धार परिवर्तन भई बग्न सुरु भए पनि थुनिएको भाग पूर्ण रुपमा नखुलेकाले सँगै रहेको मितलुङ बजारसहित केही किलोमिटर तल नदी किनारमा रहेका दोभान र हान्द्रुङ बजार पनि जोखिममा रहेको प्रहरीले बताएको छ ।

Badi Tamor Taplejung

विशेष