अर्थ ताजा खबर News

सरकार परिवर्तनको हल्लाले कामै गर्न छाडे कर्मचारी

सरकार परिवर्तनको हल्लाले कामै गर्न छाडे कर्मचारी

singha_durbarअसार २७ । सरकार परिवर्तनको हल्ला व्यापक रुपमा चलेको छ । दोस्रो प्रमुख घटक नेकपा माओवादी केन्द्रले कहिले सरकारमा बस्ने र कहिले छाड्ने भन्न थालेसँगै देशको स्थायी सरकारको रुपमा हेरिने कर्मचारी प्रशासन काम गर्न छाडेर बसेका छन् । उनीहरु को मन्त्री बन्छ भन्दै लख काट्दै लख काटेर बस्ने गरेका छन् ।

माओवादी केन्द्रले चटक्कै छोड्न पनि नसक्ने र छोड्छु पनि भनी रहने गर्दा सर्वसाधारणमा मजाकको विषय भएजस्तै कर्मचारीवृत्तमा पनि मन्त्रीहरुलाई नटेर्ने र हेप्ने प्रवृत्ति बढेको छ । देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार मा कार्यालयमा कार्यालयभित्र छलफल गर्दा होस् या चियागफमा सरकार परिवर्तनको कुरा जोडतोडका साथ हुने गरेको छ । नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले सरकार परिवर्तनको हल्ला हरेक मन्त्रालय र विभागमा करिब दुई महिना यता कामै हुन नसकेको स्विकार गर्दछन् । नेपाल समाचारपत्र

Sinhadarbar

विशेष