खेल ताजा खबर News

युरोकप रोनाल्डोको नाममाः पेपे

युरोकप रोनाल्डोको नाममाः पेपे

PEPE युरोकपमा पोर्चुगलको जित घाइते भएका रोनाल्डोका लागि रहेको पोर्चुगलका डिफेन्डर पेपेले बताएका छन् । पेरिसमा भएको फाइनलमा २५ औं मिनेटमा कप्तान घुँडाको चोटका कारण रुँदै मैदानबाट बाहिरिएका थिए । फ्रान्सका दिमित्री पेयटसँगको ट्याकलको क्रममा रोनाल्डोको घुँडामा चोट लागेको थियो । तर पोर्चुगलले अतिरिक्त समयमा गोल गर्दै फ्रान्सलाई १–० ले हरायो र पहिलो पटक मुख्य अन्तर्रा्ष्ट्रिय उपाधि उचाल्यो ।

पेपेले भने ‘हाम्रो मुख्य मान्छे रोनाल्डोलाई गुमाउनु निकै दुर्भाग्य पूर्ण थियो, जसले कुनै पनि समय गोल गर्न सक्थ्यो ।’ रियल मड्रिडमा पनि सँगै खेल्ने पेपेले भने ‘यो जित रोनाल्डोका लागि हो ।’ पोर्चुगलबाट कीर्तिमानी एक सय ३३ खेल खेलेका रोनाल्डोले ६१ गोल गरेका छन् । उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म क्लब फुटबलमा प्राय सबै उपलब्धि हाँसिल गरेपनि राष्ट्रिय टिमबाट उपाधि जित्न सकेका थिएनन् । तर यो युरोकपले रोनाल्डोको त्यो कमि पनि पूरा गरेको छ ।

PEPE Uro cup

विशेष