खेल ताजा खबर News

रोनाल्डो मैदानमा ढलेपछि...

रोनाल्डो मैदानमा  ढलेपछि...

Ronaldo पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोका लागि युरोकप २०१६ को फाइनल निकै पीडा र परमानन्दको संयोग बन्यो । २५ औं मिनेटमा रोनाल्डो घुँडाको चोटका कारण खेल्न नसकेर मैदानबाट बाहिरिँदा उनको आँखाबाट आँसु बगेको देख्दा टिमका साथी, रंगशालमा उपस्थित पोर्चुगलका समर्थक तथा विश्वभर रहेका उनका समर्थकको मन चुँडिएको थियो ।

Rona

महत्वपूर्ण खेलमा खेल्न नसक्दाको पीडा रोनाल्डोले रोक्न सकेनन् र त्यो आँसु बनेर बग्यो । उनीसँगै विश्वभरका पोर्चुगिज तथा रोनाल्डोका समर्थकको मन पनि उसै गरी भाँचियो । फ्रान्सका दिमित्री पेयटसँगको ट्याकलको क्रममा रोनाल्डोको घुँडामा चोट लागेको थियो । चोट लागेपछि पनि उनी केही बेर खेल्ने प्रयास गरे । तर पीडा बढ्दै गएपछि चिकित्सकले उनको खुट्टामा ब्यान्डेज बाँधिदिएर उनी मैदानमा फर्किए । तर त्यसपछि पनि खेल्न नसकेपछि रोनाल्डो रुँदै मैदानमै बसे ।

rr

क्याप्टेनको ब्याच नानीलाई रुँदै लगाइदिए अनि स्ट्रेचरमा मैदान बाहिर आए । स्ट्रेचरमा रोनाल्डो रुँदै बाहिरिएको दृष्यले पोर्चुगिज समर्थकका लागि मात्रै होइन सम्पूर्ण फुटबल प्रेमिलाई दुखी बनायो । तर पोर्चुगिज टिमले हार मानेन । बलमा नियन्त्रण फ्रान्सका खेलाडीको भएपनि पोर्चुलगका खेलाडीले त्यसलाई गोलमा परिणत हुन दिएन । खेल अतिरिक्त समयमा धकेलियो ।

uu

रोनाल्डो खोच्याउँदै मैदान बाहिर बसेर खेल हेर्न आए । उनले टिमका खेलाडीलाई बाहिरबाटै विभिन्न निर्देशन दिए । एक सय नवौं मिनेटमा एडरले गोल गरे । त्यसपछि फेरि रोनाल्डो रोए । तर यसपटक उनको आँखामा आँसु थियो भने मुहारमा हाँसो ।  चोटको पीडा परमानन्दमा बदलियो । क्लब फुटबलमा प्राय सबै उपलब्धि हाँसिल गरेका रोनाल्डोकै नेतृत्वमा पोर्चुगलले पहिलो पटक मुख्य प्रतिस्पर्धाको उपाधि उचाल्यो ।

Ronaldo

विशेष