अपराध सुरक्षा ताजा खबर News

कालोबजारिया सचिवलाई अदालतकाे उन्मुक्ति

कालोबजारिया सचिवलाई अदालतकाे उन्मुक्ति

oil काठमाडौं, असार २७ । भारतसँगको सीमामा नाकाबन्दी भएको समयमा पेट्रोल पम्पहरूमा थोरै परिमाणको पेट्रोल र डिजल झर्ने रिमोट कन्ट्रोल मेसिन राखेर उपभोक्ता ठगी गरी कालोबजारीसमेत गरेको आरोप लागेका सहसचिव रामआधार साह र थानकोट डिपोका प्रमुख रविनकुमार शर्मालाई ललितपुर जिल्ला अदालतले सफाइ दिएको छ ।

न्यायाधीश भोलानाथ ढकालको इजलासले पेट्रोल पम्प सञ्चालक तथा बिचौलिया भएको आरोप लागेका शिवप्रसाद तिमिल्सिना, अयुव अलाम, शैलेन्द्रनाथ वादे, हामिद हुसेन र महमद अवशेषलाई भने जनही ८ महिना कैद र २ हजार रुपियाँ जरिवाना गरेको सो अदालतका स्रेस्तेदार बाबुराम दाहालले बताए । नेपाल आयल निगम थानकोट डिपोका प्रमुख शर्मा र नापतौल विभागका पूर्वप्रमुख सहसचिव साह अपराधमा प्रत्यक्ष संलग्न भएको भन्ने स्पष्ट आधार नभेटिएको उल्लेख गर्दै सो जिल्ला अदालतले सफाइ दिएको हो । नेपाल समाचारपत्र

Kalo Bajar Nepal Oli Nigam

विशेष