जुलाई ११ अर्थात विश्व जनसंख्या दिवस विश्वमा कति पुग्यो जनसंख्या
जुलाई ११ अर्थात विश्व जनसङख्या दिबस, विश्वभरि नै विभिन्न कार्यक्रम गरि विश्व दिबस मनाईदै छ । संयुक्त राष्ट्रसंघीय विकास कोषको गभर्निङ काउन्सिल द्वारा सन् १९८९ देखि जुलाई ११ लाई जनसंख्या दिवसको रूपमा मनाउन थालिएको हो । विश्वमा जनसंख्या ५ अर्ब (बिलियन) पुगेको मिति ११ जुलाई १९८७ लाई आधार मानेर तय भएको मिति हो । सन् २०१६ मा विश्वको जनसंख्या ७ विलियन भन्दा बढी पुगेको तथ्यांक युएनडिपीले जनाएको छ । विश्वमा प्रेत्येक वर्ष ८० मिलियन भन्दा बढी जनसङख्या वृद्धि हुने गरेको तथ्यांक रहेको छ ।
विश्वमा सबै भन्दा बढी जनसङख्या कुन देशमा
जनसङ्ख्या बढी भएको देशको पहिलोे नम्बरमा चीन पर्छ । चीनमा अहिले १ अर्ब ४१ करोड ६ लाख २ सय ८ रहेको छ । त्यस्तै दोस्रो नम्बरमा रहेकको भारतको जनसङख्या १ अर्ब २९ करोड ८९ लाख ३४ हजार ५ सय ८२ रहेको छ । तेस्रो नम्बरमा रहेको अमेरिकाको जनसङख्या ३२ करोड ४१ लाख ८८ हजार ९ सय ७ रहेको छ । चौथौ नम्बरमा रहेको ईन्डोनेसियाको जनसङख्या २५ करोड ८८ लाख ९६ हजार ५ सय ९ रहेको छ । पाचौ नम्बरमा रहेको ब्राजिलको जनसङख्या २० करोड ५४ लाख ६७ हजार७ सय ५ रहेको छ । छैटौ नम्बरमा रहेको पाकिस्तानको जनसङख्या १९ रोड १३ लाख ५० हजार ३ सय ४८ रहेको छ । सातौ नम्बरमा रहेको नाईजेरियाको जनसङख्या १८ करोड ८८ लाख ८८ हजार ७ सय ३ रहेको छ । त्यस्तै आठौ नम्बरमा रहेको बङगलादेशको जनसङख्या १६ करोड २४ लाख ७४ हजार ७ सय ९८ रहेको छ । नबौ नम्बरमा रहेको रसियाको जनसङख्या १४ करोड १७ लाख २८ हजार ३६ रहेको छ । दशौ नम्बरमा रहेको मेक्सिकोको जनसङख्या १२ करोड ६८ लाख २८ हजार ८ सय ६८ रहेको छ ।
World Population Day