ताजा खबर विदेश News

फ्रान्स हारेको विरोधमा हिंसा मच्चाउने ४० जनालाई प्रहरीले समात्यो

फ्रान्स हारेको विरोधमा हिंसा मच्चाउने ४० जनालाई प्रहरीले समात्यो

URO असार २७ ।  युरोकप २०१६ को फाइनल खेलमा पोर्चुगलले विजय हात पारेपछि भएको हिंसामा कम्तीमा ४० जनालाई पक्राउ गरिएको छ । पक्राउ गरिएकालाई प्रहरी थुनामा राखिएको बताइएको छ । फाइनलमा पोर्चुगलले जितेपछि फ्रान्सका समर्थकहरुले यस्तो हिंसा मच्चाएका थिए । ती समर्थकहरुले आइफिल टावरका अधिकारीहरुमाथि शिसाका बोतल तथा मिनरल वाटरका बोटलहरु फालेका थिए ।

त्यस क्रममा प्रहरीले पानीको फोहरा र टियर ग्याँस हानेको थियो । पोर्चुगलले जितेपछि सो खेलमैदानमा नै पोर्चुगलका समर्थकहरुको भिड लागेको थियो । उक्त खेल मैदानमा ९० हजार जना अट्ने क्षमता रहेको र सो खेलमैदान भरिएपछि उनीहरुले आइफल टावरतर्फ आक्रमण गर्न थालेका थिए । ती प्रदर्शनकारीलाई हटाउने क्रममा प्रहरीले टियर ग्यास फाल्न थालेपछि उनीहरुले पनि प्रहरीमाथि विभिन्न वस्तु फाल्न थालेका थिए । त्यस क्रममा हिंसा भएपछि ठूलो सङ्यामा प्रहरी परिचालन गरिएको र उनीहरुले पक्राउ गरी ती प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

Uro cup

विशेष