विदेश

दक्षिणी सुडानमा मृत्यु हुनेकाे संख्या २ सय ७२ पुग्याे

दक्षिणी सुडानमा मृत्यु हुनेकाे संख्या २ सय ७२ पुग्याे
असार - २७ । दक्षिणी सुडानमा सुरु भएको गृह युद्धमा परि मृत्यु हुनेको संख्या २ सय ७२ पुगेको छ । South_Sudanराष्ट्रपति र उपराष्ट्रपति समर्थित सैनिकबीच सुरु भएको गृहयुद्धमा परि २ सय ७२ जनाको मृत्यु हुनुका साथै दर्जनौ घाइते भएका छन् । घाइतेहरुको संख्या अधिक भएकोले मृतकको संख्या बढ्न सक्ने स्थानिय अधिकारीहरुले बताएका छन् । एयरपोर्ट नजिक बम विस्फोट गोलाबारीका आवाजहरु अझै सुनिएको स्थानिय अधिकारीहरुले बताएका छन् । पहिलो गोली राजधानीको दक्षिण पश्चिमस्थित सेनाको ब्यारेक नजिकै सुनिएको थियो । राष्ट्रपति समर्थित सुरक्षाबलले राजधानी जुवामा आफ्नो वासस्थानमा हमला गरेको भन्दै प्रतिकारमा उत्रिएको उपराष्ट्रपति समर्थको भनाई छ । उनीहरुले राष्ट्रपति सलवा किर शान्ति सम्झौताका विषयमा गम्भिर नभएको आरोप लगाएका छन् । संयुक्त राष्ट्र संघले शान्ति सम्झौता प्रति गम्भिर नभएको भन्दै घटनाको निन्दा गरेको छ । राष्ट्रसघंले त्यहा सयौ मानिसले शरण लिएको बताउदै दुवै पक्षलाई शान्ति कायम गर्न अपिल पनि गरेको छ । यसैविच सुरक्षास्थितीको कारण देखाउदै केन्या एयरवेजले जुवाका लागि अनिश्चितकालका लागि आफ्नो उडान बन्द गरेको छ । विहिवारवाट सुरु भएको हिंसामा विभिन्न शसस्त्र गुटका सेना रहेको अधिकारीहरुले बताएका छन् ।

Civil War South Sudan

विशेष