कारबाही गरेका व्यक्तिलाई सम्मान गर्न नहुने
असार - २७ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले आयोगले कारबाही गरेका व्यक्तिलाई सरकारले कुनै पनि सम्मान गर्न नहुने बताए ।
रफत् सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले सूचनाको हकमा नेपालीको अग्रसरता बढ्दै गए तापनि सहजै सूचना उपलब्ध गराउने परम्पराको थालनी अझै भइनसकेको बताए ।
उनले संविधान संशोधन गर्दा सूचना हकको धारा २७ त्रुटिपूर्ण र अपुरो रहेकाले त्यसमा परिमार्जन गर्न आवश्यक रहेको उल्लेख गरे । सूचना अधिकारी सरकारकै पुराना कर्मचारी भएकाले केही अवरोध भएका कारण सञ्चार र कानुन अध्ययन गरेकालाई सूचना अधिकारी नियुक्ति गर्न सके सूचनाको हकमा सहजता आउने विश्वास व्यक्त गरे ।
सूचना आयोगको गठनसँगै एक हजार ६०० मुद्दामा फैसला गरिसकेको बताए । सूचनाको हकमा अवरोध पुर्याउने र नेपालीले मागेको सूचना उपलब्ध गराउन हिचकिचाहट गरे उनीहरुलाई कारबाहीको दायरामा ल्याउन सक्ने बताए । रासस
Krishna Hari Baskota
Suchana aayog