ताजा खबर News

‘डा केसीका माग लोकतान्त्रिक ढङ्गबाट सम्बोधन गरियोस्’ – शान्ति समाज

‘डा केसीका माग लोकतान्त्रिक ढङ्गबाट सम्बोधन गरियोस्’ – शान्ति समाज
असार  - २७ । मानवअधिकार तथा शान्ति समाजले आइतबारदेखि आमरण अनशनमा बस्नुभएका डा गोविन्द केसीका मागलाई लोकतान्त्रिक र विधि सम्मत ढङ्गले सम्बोधन गर्नुपर्नेमा जोड दिएको छ । Dr Gobinda KC “सत्याग्रही डा केसीले आमरण अनशन प्रारम्भ गर्ने घोषणा गरेपछि उनले अघि सारेका मागका सन्दर्भमा समाजमा बहस हुनु र पक्षरविपक्षमा विचारहरू प्रवाहित हुनु स्वाभाविक हो, तर उहाँका मागलाई सम्बोधन गर्नुपर्छ”–समाजका महासचिव उत्तम पुडासैनीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । चिकित्सा शिक्षामा सुधारको चारबुँदे माग राख्दै चिकित्साशास्त्र अध्ययन संस्थानका प्राध्यापक डा गोविन्द केसीले आइतबारदेखि पुनः आठौँपटक अनशन सुरु गरेका हुन् । डा केसीका मागप्रति सहमतरअसहमत दुवै पक्षले मर्यादाको सीमा नाघेर अप्रिय र अस्वस्थ्य आरोप, प्रत्यारोप लगाउन नहुने समाजको भनाइ छ ।  

Dr. Gobinda Kc human rights Santi Samaj

विशेष