ताजा खबर News

सहमति नमाने सरकारबाट बाहिरीने माओवादी निर्णय, बाँकी जिम्मा प्रचण्डकै काँधमा

सहमति नमाने सरकारबाट बाहिरीने माओवादी निर्णय, बाँकी जिम्मा प्रचण्डकै काँधमा
असार – २७ । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका सहमति कार्यान्वयन नगरे ओली सरकारलाई बाइबाइ गर्ने निर्णय गरेको छ । Maobadi Kendra सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको माओवादी केन्द्रको कार्यालयको बैठकले सहमतिको सरकार नै मुलुकको पहिलो आवश्यकता भएको निष्कर्ष निकालेको हो । गत वैशाख २५ गते भएको नौ बुँदे सहमति र अलिखित भद्र सहमतिका विषयमा सरकारको प्रमुख घटक नेकपा (एमाले) सँग पनि छलफल गर्ने निर्णय बैठकले गरेको छ । प्रवक्ता पम्फा भुसालका अनुसार विगतमा भएका सहमति एवम् समझदारीलाई पूर्णरुपमा कार्यान्वयन गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने र पूर्व सहमतिलाई अक्षरशः कार्यान्वयन गराउने विषयमा एमालेसँग छलफल गर्ने निर्णय बैठकले गरेको छ । माओवादीले संविधान लेखन प्रक्रियाबाटै असन्तुष्ट बन्दै आन्दोलनमा रहेको मधेसवादी दल, थारु, जनजाति तथा आदिवासी समुदायको माग सम्बोधन गर्नुपर्ने, भूकम्पपछिको पुनःनिर्माणलाई गति दिनुपर्ने, बाढी पहिरोपीडितलाई राहत तथा उद्धारका लागिसमेत प्रमुख दलको सहमति जरुरी रहेको बताउँदै आएको छ । उसले एमाले र कांग्रेस लगायतसँग छलफल गरी सरकारबारे अन्तिम निर्णय लिने अधिकार अध्यक्ष प्रचण्डलाई नै दिएको छ । यस अघि पोलिट्व्युरो समितिको बैठकले पनि प्रचण्डलाई उक्त अधिकार दिएको थियो ।

Maobadi Kendra Prachanda puspa kamal dahal

विशेष