ताजा खबर News

नेपाल प्रहरीद्वारा 'प्रहरी मेरो साथी कार्यक्रम' शुरु, जनतासंग सम्बन्ध प्रगाढ हुने दाबी

नेपाल प्रहरीद्वारा 'प्रहरी मेरो साथी कार्यक्रम' शुरु, जनतासंग सम्बन्ध प्रगाढ हुने दाबी
Prahari Mero Sathi असार – २७ । नेपाल प्रहरीले नागरिक र प्रहरी बीचको ग्याप घटाउन भन्दै प्रहरी मेरो साथी कार्यक्रम शुभारम्भ गरेको छ । नेपाल प्रहरीले सोमबार विहान देशभर एकैपटक ‘प्रहरी मेरो साथी’ नामक अभियानको शुभारम्भ गरेको हो । कार्यक्रममा संवोधन गर्दे गृहमन्त्री बस्नेतले राज्य र जनता बीचको दुरी घटाउन ‘प्रहरी मेरो साथी’ कार्यक्रमले भुमिका खेल्ने बताए । ‘प्रहरीको जिम्मेवारी र दायित्व पुरा गर्न यो कार्यक्रमले विशेष अर्थ राख्छ’ मन्त्री बस्नेतले भने, ‘प्रत्येक नेपालीले प्रहरी मेरो साथी हो भन्ने अनुभुत गर्न थालेपछि प्रहरी हामी सबैको साथीमा रुपान्तरण हुनेछ ।’ आफ्नो संगठनको ठुलो समस्या रहेको उल्लेख गर्दै आईजिपी अर्यालले भने, ‘प्रहरी मेरो साथि कार्यक्रमले त्यहि खाडल पुर्न मद्दत गर्नेछ ।’ काठमाडौं स्थित पुलिस क्लवमा आयोजित एक कार्यक्रमका बिच गृहमन्त्री शक्ति बहादुर बस्नेतले कार्यक्रमको लोगो अनावरण गरेका थिए । डिएसपी विश्व अधिकारीले ल्याएको अवधारणा लाई संगठनको सिफारीशमा सरकारले आफ्नो निती तथा कार्यक्रममा समावेश गरेसँगै देशभर प्रहरी मेरो साथी नामक कार्यक्रम शुरु भएको हो । ‘प्रहरी मेरो साथि’ हो भन्ने भावना र सम्वन्धको विकास गरी नेपाल प्रहरीको छवीमा अभिवृद्धि गर्ने उद्धेश्य सहित शुरु गरिएको कार्यक्रमले कक्षा ८ देखी १२ सम्म अध्ययनरत विद्यार्थिबाट अपराध नियन्त्रणमा सहयोग लिईने अर्यालले जानकारी दिएका छन् । समुदायमा हुने हरेक सामाजिक विकृती–विसंगती नियन्त्रण, अपराध र दुर्घटनाको न्युनिकरणका लागि छिटो सूचना पाउने उद्देश्यले प्रहरीले यो कार्यक्रम शुरु गरेको हो । कार्यक्रम अन्तर्गत हरेक विद्यालयमा पुगेर प्रहरीले जनचेतनामुलक अभियान चलाउने र सहयकार्यका लागि प्रत्येक घरको एक जनालाई साथी बनाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ । नेपाल प्रहरीले यसअघि ‘मुस्कानसहितको सेवा’ भन्ने नाराका साथ जनतामा पुग्ने अभियान सुरु गरेको थियो । नेपाली समाज नै मुख्य कार्यथलो रहेको प्रहरीको समाजमा शान्ति सुव्यवस्था कायम गर्नु नै प्रमुख दायित्व हो । संस्कृतिविद् एवम् नागरिक समाजका अगुवा सत्यमोहन जोशीले नेपाल प्रहरीले शान्ति सुव्यवस्था कायम गरी राष्ट्रको उत्थान हुने गरी नौलो तर ठीक अवधारणाका रुपमा ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको जनाउँदै यसलाई विद्यालयको पाठ्यपुस्तकमा समेत समावेश गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । दुर्इ प्रहरी सम्मानीत  राजधानीमा सोमबार गृहमन्त्री शक्ति बहादुर बस्नेतले शुभारम्भ गरेको उक्त कार्यक्रममा गत असार १८ गते धादिङको रि गाविस–९ स्थित चित्लाङमा पहिरोमा परेका अपांग तथा अशक्त १४ जनालाई निकै जोखिम मोलेर उद्धार गर्ने प्रहरी हवल्दार रुद्रबहादुर कुमाल र प्रहरी जवान सन्दिप कुमारलार्इ सम्मान गरिएको थियोे ।   Prahari Samman

Nepal Police Shakti basnet

विशेष