अर्थ ताजा खबर News

सार्क स्तरीय कर सम्बन्धी तीन दिने सेमिनार शुरु

सार्क स्तरीय कर सम्बन्धी तीन दिने सेमिनार शुरु
असार – २७ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को दोहोरो कर मुक्ति तथा वित्तीय छल निरोध सम्झौता सम्बन्धी तीन दिने सेमिनारको आन्तरिक राजस्व विभागका महानिर्देशक श्री चुडामणि शर्माले सोमवार उद्घाटन गरेका छन् । SARK-TAX पाकिस्तान वाहेक सार्ककका सवै सात देश र सार्क सचिवालयका प्रतिनिधिहरु सम्मिलित उक्त सेमिनार बुधवारसम्म संचालन हुनेछ । महानिर्देशक शर्माले अहिलेको विश्वव्यापीकरणको युगमा सीमा विहिन वित्तीय कारोवारहरुले ल्याएका अवसर र चुनौतिहरुको सम्बोधन साझा प्रयासबाट हुने गरे । सार्क देशका राम्रा अभ्यासहरुको साथै समस्याहरुको आदान प्रदानले कर छलि तथा वित्तीय अपराध नियन्त्रण गर्न मद्दत गर्ने बताए । कार्यक्रममा सार्क सचिवालयकी निर्देशक एल. सावित्रीले यस्ता सेमिनारले सदस्य राष्ट्रको कर प्रशासनमा संलग्न जनशक्तिको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने, उत्कृष्ट अभ्यासको आदान प्रदानले एक अर्काबीचको सन्धि सम्झौताको कार्यान्वयनमा थप सहजता ल्याउने बताइन् । उनले यस्ता सम्झौताहरुले देशहरुबीचको कुटनीतिक तथा आर्थिक सम्बन्ध समेतलाई थप मजबुत बनाउने दाबी गरिन् । यस क्षेत्रमा क्षेत्रीय लगानी सम्बन्धी सम्झौताको टड्कारो आवश्यकता महसुश गरिएकोले सोको तयारी भैरहेको समेत बताइन । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक श्री राममणि दुवाडीले सार्कका सवै सात देश र सार्क सचिवालयका प्रतिनिधिहरुलाई स्वागत गर्नु भएको थियो । कार्यक्रममा आन्तरिक राजस्व विभागका निर्देशक श्री चेतनाथ दाहालले नेपालको कर प्रणालीका विविध पक्षहरुको वारेमा कार्यपत्र प्रस्तुत गरेका थियो भने सातै देशका प्रतिनिधिहरुले आआफ्नो देशको कर प्रणाली तथा कर सम्वन्धी सम्झौताहरुको अवस्थाका वारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Chudamani Sharma India Pakistan SAARC TAX

विशेष