पाेखरा - दिल्ली सिधा बस सञ्चालन, गृहमन्त्री र भारतिय राजदूतले गरे उद्घाटन
नयाँ दिल्ली - पोखरा सिधा बस सेवाको सोमबारदेखि औपचारिकरूपमा शुभारम्भ भएको छ ।
पोखरामा आयोजित एक समारोहबीच गृहमन्त्री शक्ति बस्नेत र नेपालका लागि भारतीय राजदुत रञ्जित रेले परेवा उडाउँदै र झण्डा देखाएर ना६ख १२८७ नम्बरको बसलाई बिदाइ गरे । नयाँ दिल्ली - पाेखरा साेझाे यात्रा शुभारम्भको पहिलो ट्रिपमा पोखराबाट दिल्ली जाने १५ यात्रु छन् । सोमबार नै भारतको नयाँ दिल्लीबाट पनि पोखराका लागि एउटा बस छुटेको छ ।
भारतका तर्फबाट उत्तरप्रदेश परिवहन निगम गाजियावाद डिपोले चारवटा बस चलाउने छ । त्यस्तै नेपालमा निजी क्षेत्रको मोर्डन इरा टुर्स एण्ड ट्राभल्स प्रालिले चारवटा बस दिल्ली–पोखरा रुटमा चलाउने सम्झौता गरेकाे छ । यात्रुले ४० सिटे एसी डिकलक्स बसमा यात्रा गर्न पाउने छन् । यात्रा गर्दा प्रतियात्रु ३५ सय २० रूपैयाँ वा भारु २२ सय टिकट दर तय गरिएकाे छ ।
बसले पोखराबाट स्याङ्जा–बुटवल हुँदै सुनौली, गोरखपुर र लखनउ भएर बस दिल्ली पुग्ने करीब १३ सय ५० किमीको दूरि २४ घण्टामा पुरा गर्नेछ ।
Phara-Dilli Bus