ओली - दाहाल वान टु वान वार्ता

असार - २७ । राष्ट्रिय सहमतिको सरकार गठनका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री केपी ओलीबीच छलफल सकिएकाे छ।
प्रधानमन्त्री निवास वालुवाटारमा जारी भेटमा सहमतिको सरकार गठन, सरकार संचालनमा देखिएको तिक्तता र यसअघि भएका सहमति कार्यान्वयनका विषयमा छलफल भएकाे थियाे । यसअघि बिहान अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्टामा बसेको केन्द्रीय कार्यालयको बैठकले सहमति कार्यान्वयनबारे अन्तिम र निर्णायक वार्ता गर्ने निर्णय गरेको थियो ।
त्यस्तै, बैठकले प्रधानमन्त्रीसंग वार्ता गर्ने जिम्मा अध्यक्ष दाहाललाई दिएको थियो । हिजो बसेको सत्तारुढ दलको बैठकले समेत सरकार र माओवादी केन्द्रबीच बढ्दै गएको दुरी घटाउने जिम्मेवारी प्रधानमन्त्री ओली र केन्द्रका अध्यष प्रचण्डलाइृ दिएको थियो । गत वैशाख २३ गते एमाले र माओवादीबीच भएको नौ बु“दे सहमतिसंगै तीन बुँदे भद्र सहमति पनि भएको भन्दै माओवादीले त्यसको कार्यान्वयन गर्न माग गर्दै आएको छ ।
KP Sharma Oli
Pushpa Kamal Dahal
