News

अख्तियार प्रमुख कार्कीलाई सर्वोच्चको लिखित जवाफ पेश गर्न आदेश

अख्तियार प्रमुख कार्कीलाई  सर्वोच्चको लिखित जवाफ पेश गर्न आदेश
असार - २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध परेको मुद्दामा अदालतले कारण देखाउ अादिस जारी गरेकाे छ । Lok_Man-Singh-Karki न्यायाधिश गोविन्दकुमार उपाध्यायको इजलाशले मुद्दामा लिखित जवाफ पेश गर्न आदेश दिएको हो । आफूमाथि अख्तियारले छानबिन गरेपछि विधी र प्रक्रिया मिचिएको भन्दै साझा यातायातका अध्यक्ष कनकमणी दीक्षितले रिट निवेदन लिएर सर्वोच्च पुगेका थिए । बोर्ड बैठकको साटो कुनै आयुक्तको व्यक्तिगत निर्णय प्रक्रियासम्मत हुन नसक्ने दीक्षितको दाबी थियो । फेरि अख्तियारले पत्र काटेपछि विधी र प्रक्रिया नपुर्‍याएको भन्दै दीक्षित बयानमा जान अस्विकार गरे । त्यसपछि अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । त्यसपछि कनक पत्नी शान्ता दीक्षितले गत बैशाख २२ गते सर्वोच्च अदालतमा अवहेलनाको मुद्दा दिएकी थिएन् । थुनामा रहेका दीक्षित भने बन्दी प्रत्यक्षीकरणको रिट दिएर अदालतको आदेशमा थुनामुक्त भएका छन् । उनीमाथि अख्तियारले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन गरिरहेको छ ।

Kankmani Dikshit Lok man sing karki Sarbacho Adhalat

विशेष