सुदुर र मध्यपश्चिमी क्षेत्रमा भारी वर्षाकाे सम्भावना, सतर्कता अपनाउन अनुराेध
असार - २७ । सुदुर र मध्य पश्चिमी क्षेत्रका केही भागमा भारी वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
महाशाखाले नेपालको सुदुर र मध्य पश्चिमी क्षेत्रका पहाडी, हिमाली र आसपासका तिब्बती भू-भागका एक-दुई स्थानमा आज रातिदेखि भारी बर्षा हुने जनाएकाे छ । महाशाखाले सुदुर र मध्य पश्चिमी क्षेत्रका जलाधार क्षेत्रहरू र ति भू-भाग भएर बग्ने नदीहरूमा पानीको सतह बढ्ने सम्भावना रहेकाे बताएकाे छ ।
सुदुर र मध्यपश्चिमी क्षेत्रका जनतालार्इ उच्च सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ । मध्य र पूर्वी भागमा भने हिमालीबाहेकका क्षेत्रमा सामान्य वर्षा हुनसक्ने महाशाखाको अनुमान छ ।
Rain In nepal