भगवान कोइराला भन्छन्ः म गोविन्द केसीको टिममा छैन, यसरी बांझियो केसी र कोइरालाको मत
असार - २७ । प्राध्यापक डाक्टर गोविन्द केसी र भगवान कोइरालाका बीचमा मनमोहन मेमोरियल शिक्षण अस्पताललाई सम्बन्धन दिने विषयमा मतभेद देखिएको छ ।
गोविन्द केसी कुनै पनि हालतमा मनमोहनलगायतका प्रस्तावित नयां कलेजलाई स्वीकृति दिन नहुंने मत राख्छन् । उनको चार बुंदे मागमा नयां सम्बन्धनको प्रस्ताव तत्काल रोकिनुपर्ने, संसदमा प्रस्तुत गरिएको प्रतिष्ठानसम्बन्धी विधयेक फिर्ता गर्नुपर्ने र १० बर्षसम्म कुनै पनि नयां कलेजलाई काठमाडौं उपत्यकामा स्वीकृति दिन नहुंने उनको माग छ ।
मनमोहनको सम्बन्धनका विषयमा प्राध्यापक डाक्टर भगवान कोइरालाको मत फरक छ । कलेजलाई लेटर अफ इन्टेण्ड अर्थात मनसायपत्र दिइसकेको र पूर्वाधार तयार भइसकेकाले गैर नाफामुलक संस्थाका रुपमा स्विकृती दिनुपर्ने कोइरालाको भनाइ छ । सरकारले मुअब्जा दिएर प्रस्तावित कलेजको स्वामित्व लिन नसकेको अवस्थामा पूर्वाधार पूरा भइसकेको संस्थालाई अलपत्र पार्न नहुंने उनको सुझाब छ ।
केदारभक्त माथेमा नेतृत्वको समितिले सरकारले पूर्वाधार पूरा भइसकेका तर सम्बन्धन प्राप्त नगरिसकेका कलेजको स्वामित्व सरकारले लिनुपर्ने सुझाव दिएको थियो । सो समितिले बुझाएको प्रतिवेदनलाई मनमोहन कलेजले समर्थन जनाएको कोइरालाको भनाइ छ । तर, सरकारले स्वामित्व लिने बारेमा बनाएको कार्यदलले स्वामित्व लिन नमिल्ने ठहर गरेपछि सरकार र कलेज दुबै अफ्ठ्यारोमा परेको कोइरालाको भनाइ छ ।
यस्तो स्थितिमा कसैले पनि अनावश्यक जिद्दी लिन नहुने कोइरालाले स्पष्ट गरेका छन् । केसीले आमरण अनसन बस्ने चर्चाका बीच एक टेलिभिजन अन्तरवार्तामा उनले आफू केसीको टिममा नरहेको बताएका थिए । आफू आफ्नै ब्रम्ह र व्यवसायिक दृष्टिकोणबाट चल्ने गरेको उनको भनाइ थियो । उनले मनमोहन अधिकारी आर्दश नेता भएकाले उनको नाममा बन्ने शिक्षालयलाई अन्यथा मान्नुपर्ने कारण केही नरहेको जनाएका थिए । उनले भनेका थिए, मनमोहनबारे गाेविन्द केसी के सोच्नुहुन्छ, मलाई थाहा छैन । तर, मनमोहनका बिचार राम्रा थिए । म सम्मान गर्छु ।’
Dr Gobind KC
Dr. Bhagawan Koirala
Man Mohan Adhikari