पछिल्लो दुई बर्षमा हजारौं किशोरीले गराए गर्भपतन, यस्तो छ डरलाग्दो तथ्यांक
कोटेश्वर स्थित एउटा फार्मेसीमा ग्याष्ट्रिकको औषधी किन्न गएकाे थिए । त्यहां उनले २०-२२ वर्षकी कि युवतीले एकै पटक ५ वटा ईकोन किनिन् । एउटा त्यही खोलेर खाईन, चकलेट खाएजस्तो गरी । बाँकी ४ वटा ब्यागमा हालेर आफ्नो बाटो लागिन् । मेडिकलसम्बन्धी अनुभव भएका बुढाथोकीलाई ति युवतीको शैली गजबको लाग्यो । त्यसमाथि फार्मेसीवालाले केही रोचक सन्दर्भ सुनाए । त्यसपछि बुढाथोकी खोजि पत्रकारितामा निस्किए । काठमाडौंका कैयौं औषधी पसल चहारेर तयार पारेको सामाग्री यहां प्रस्तुत गरिएको छ । –सम्पादक
बजारमा जे देखियो
औषधी पसलमा विभिन्न कम्पनीका गर्भनिरोधक चक्की सहजै पाइन्छ । डाक्टरको प्रेस्क्रिप्सन बिनै यो औषधी किन्न र सेवन गर्न पाइन्छ । गर्भनिरोधक औषधी किन्नु भनेको सिटामोलजस्तै सामान्य कारोवार हो । यो औषधी कस्ले किन्यो, कतिवटा किन्यो, कुन प्रयोजनका लागि किन्यो ? कुनै रेकर्ड राखिरहनुपर्दैन ।
ब्लडप्रेसरको औषधी सबै औषधी पसलमा पाइदैन । तर, गर्भनिरोधक चक्की जुनसुकै औषधी पसलमा पाइन्छ । यो औषधीमा दोब्बर फाइदा हुने गरेको मूल्य सूचीबाट प्रष्ट हुन्छ । गर्भ निरोधक औषधी प्रयोगकर्ताले औषधीका बारेमा सोधखोज गर्ने गरेकोपनि पाइएन । उनीहरुलाई औषधी भए पुग्ने तर साइड इफेक्टका बारेमा कुनै जानकारी नचाहिने देखियो । औषधी पसलका सञ्चालकका अनुसार अहिले बजारमा ईकोन, म्याक्स सेभेन्टी टु, अनवान्टेड, ई सेभेन्टी टु, पिल्स लगाएतका गर्भनिरोधक चक्कीहरु बढी बिक्री हुने गर्दछ ।
महिनामा ५ वटा भन्दा बढी प्रयोग
काठमाण्डौ, सिनामगंल,बानेश्वर र चाहबिलका बिभिन्न फार्मेसीमा एकै महिलाले महिनामा ५ पटकसम आकस्मिक गर्भनिरोधक चक्की किन्ने गरेको औषधी पसलेको भनाइ छ । बानेश्वरमा औषधी पसल गर्दै आएका हरि बस्नेत भन्छन्, ‘ कतिपय युवतीहरुले आकस्मिक गर्भनिरोधक चक्कीलाई परिवार नियोजनको साधनजस्तै नियमितरुपमा प्रयोग गरेको देखिन्छ । चकलेट खाएजस्तो गरी खान्छन् । धेरै कुरा गर्न खोज्दैनन् । हामीपनि निधीखोजी गर्दैनौं ।’
कण्डम भन्दा बढी बिक्री
डाक्टरहरुका अनुसार गर्भनिरोधक चक्की भन्दा कण्डम कयौ गुणा सुरक्षित र भरपर्दो छ । कण्डमले यौनरोगबाट बचाउंछ । साथै महिलाहरुको यौनाङ्गमा गर्भनिरोधक चक्कीले जस्तो नकारात्मक असर पनि पार्दैन । तर बिभिन्न फार्मेसीमा बिक्रिको रेकर्ड हेर्दा कण्डम भन्दा गर्भनिरोधक चक्ककीहरुको बिक्रि तेब्बर देखिन्छ ।
काठमाण्डौका ठुला पसलमा दैनिक १५ देखि २० वटा गर्भनिरोधक चक्कीहरु बिक्छन । त्यसको तुलनामा कण्डम अत्यन्त कम अर्थात सरदरमा ५ देखि ७ वटासम्म बिक्छ । चाबहिलका एकफार्मेसी सञ्चालक नेत्र शर्मा भन्छन् ‘ ईसीपी चक्ककीको ब्यापार एकनासाको छैन, कहिले बढी कहिले कम हुन्छ, तर बिदाको समय र शनिवार अत्यन्त धेरै जान्छ, दुई तीन बट्टा सकिएको रेकर्ड छ ।’
स्कुल पढ्ने बिद्यार्थी समेत
आकस्मिक गर्भनिरोधक चक्की विवाहित महिला भन्दा किशोरीहरुले बढी प्रयोग गर्ने गरेको औषधी व्यवसायीको अनुभव छ । सिनामंलमा फार्मेसी संचालन गर्दै आएकी सरस्वती केसी भन्छिन् ‘ विवाहित महिलाहरुलाई त चक्कीको आवश्यकता नै पर्दैन, कलेज ड्रेसमा नै किशोरी आएर किनेर लान्छन ।’ समुहमा हिड्ने किशोरी मध्ये कुनै एकले गर्भनिरोधक औषधी किनेको छ भने केही दिनमा सोही समुहको अर्को किशोरीले गर्भनिरोधक औषधी किन्ने गरेको केसीले जानकारी दिइन् ।
के हो गर्भनिरोधक चक्की
आकस्मिक गर्भनिरोधक चक्की उपयोग गर्दा शतप्रतिशत गर्भ रोक्ने ग्यारेन्टी हुँदैन । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ को अनुसन्धानअनुसार ईमरजेन्सी कन्ट्रासेप्टिभ पिल्स इसीपीको प्रभावकारिता ५२ देखि ९६ प्रतिशतसम्म मात्रै हो । बिशेश गरि ७२ घण्टासम्म यसले राम्रोसँग काम गर्ने र त्यसपछि यसै भन्न नसकिने विश्व स्वास्थ्य संगठनको अध्ययनमा देखाइएको छ ।आकस्मिक गर्भनिरोधक यो औषधी हर्मोनयुक्त खाने चक्की हो । औषधिका रूपमा लिभोनोरजेस्ट्रेल र युलिप्रिस्टललाई मान्यता दिएको छ । यो चक्की असुरक्षित यौन सम्बन्धको पाँच दिन अर्थात् एक सय २० घन्टाभित्र खाईसक्नुपर्ने हुन्छ ।
लिभोनोरजेस्ट्रेल १ दशमलव ५ मिलिग्रामको एक मात्रा बराबर खानुपर्ने डब्लुएचओले बताएको छ । त्यस्तै युलिप्रिस्टल ३० मिलिग्राम लिनुपर्ने डब्लुएचओले उल्लेख गरेको छ । लिभोनोरजेस्ट्रेल लाई ० दशमलव ७५ मिलिग्रामको दुई चक्की १२ घण्टाको फरकमा पनि खान सकिने डब्लुएचओको मापदण्डमा उल्लेख छ ।
कसरी काम गर्छ यो औषधीले
आकस्मिक गर्भनिरोधक चक्कीले गर्भ बस्न आवश्यक हर्मोनलाई नष्ट गरिदिन्छ र गर्भ बस्न दिँदैन । उक्त औषधीमा लिभोनोरजेस्ट्रेल वा युलिप्रिस्टल एसिटेट नामक एउटा हर्मोन हुन्छ । जसले पुरुष हर्मोन र महिला हर्मोनको बीचमा द्वन्द्व गराएर गर्भ बस्न दिँदैन । जसकारण अनिच्छामा गर्भ बस्न सक्दैन भन्ने मान्यता हो ।
यो हर्मोनले महिलाको डिम्बाशयबाट निस्कने डिम्बलाई रोक्छ । डिम्ब निस्किसकेको छ भने शुक्रकीटसँग सेचन भई भ्रुण बन्न दिदैन । र, भ्रुणसमेत बनिसकेको छ भने पाठेघरमा टाँसिन दिँदैन । सेचन भइसकेको भए पनि भु्रण बन्न ७२ घण्टा लाग्ने भएकाले यसलाई ७२ घण्टे चक्की पनि भनिएको हो ।
के हुन्छ के हुदैन
काठमाण्डौ मोडेल अस्पतालकी प्रमुख तथा प्रसुती रोग बिशेषज्ञ चन्दा कार्की भन्छिन ‘ इमरजेन्सी कन्ट्रासेप्टििभ पिल्स कुनै पनि हालतमा सुरक्षित र प्रभाबकारी साधन नै होईन । यसले गर्भ रोक्छ भन्ने ग्यारेन्टी छैन । यसको बढी प्रयोगले महिलाहरुलाई बिभिन्न रोगलाग्ने जोखिम हुन्छ ।’
उनका अनुसार इसीपी बारम्बार खाने चिज नै होईन । यस्को बढी प्रयोगले महिलाहरुलाई बांझोपन हुने, यौनजन्य रोग लाग्ने, रक्तश्राप हुने, गर्भ तुहिने, पाठेघरमा क्यान्सर हुने जस्ता गम्भीर समस्या देखिन सक्छ । उनी भन्छिन, ‘ईसीपीको भर पर्ने र नियमित यसको सेवन गर्नेहरुलाई बिभिन्न रोग लाग्ने गर्दछ । ईसीपीको जथाभावी प्रयोगले किशोरीहरुमा बढी समस्या देखिने गरेको र उनीहरुले आत्महत्या समेत गरेका छन । गर्भ बसेको कारण कतिपय किशोरीहरुले त जोखिम मोलेर असुरक्षित गर्भपतन समेत गराएका छन ।’
गर्भनिरोधक चक्की र गर्भपतन
डाक्टर चन्दा कार्कीका अनुसार धेरै जसो महिला तथा किशोरीहरुले नचाहंदा नचाहंदै बसेको गर्भलार्ई पतन गराउन गर्भ निरोधक औषधीको सेबन गर्दछन । गर्भपतन गर्नु गराउनु नेपालमा २०५८ सम्म कानुनी अपराध थियो । त्यो समयमा गर्भपतन गराउने डाक्टर तथा नर्सहरु जेलसमेत जानु परेको थियो । बलात्कारको शिकार भएकाले समेत गर्भपतन गराउन सक्दैनथे । गर्भपतनको विषयलाई लिएर महिला अधिकारकर्मी र स्वास्थ्यकर्मीले आन्दोलन नै गरेपछि सरकारले २०५८ देखि गर्भपतनसम्बन्धी कानुन ल्यायो र गर्भपतनलाई कानुनी मान्यता दियो ।
कतिले गराए सुरक्षित गर्भपतन
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँका तथ्यांक अधिकृत पुष्कर बिजुक्छेले उपलब्ध गराएको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७१-७२ मा गर्भपतन गराउने १३ हजार ७ सय ५७ महिलामध्ये तीन हजार चार सय ५८ त किशोरी थिए । २० वर्षभन्दा कम उमेरका युवती गर्भवती हुनु तथा उनीहरुले बच्चा जन्माउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो होइन । गर्भपतन गराएका महिलामध्ये २५ प्रतिशत महिला २० वर्षभन्दा कम उमेर समुहको रहेको डाक्टर विजुक्छेले जानकारी दिए ।
त्यस्तै यो आर्थिक २०७२ -७३ को बैशाख महिनासम्म मात्रै १२ हजार ४ सय ९६ महिलाले गर्भपतन गराएका छन । जसमध्ये तिन हजार ७ सय ७४ जना २० वर्ष मुनिका छन । त्यस्तै ८ हजार ७ सय २२ जना २० वर्ष माथिका छन् । तथ्याङकमा देखाएको कुल सङख्याको ३० प्रतिसत भन्दा बढी महिला २० वर्ष भन्दा मुनिका छन ।
काठमाण्डौका बिभिन्न फार्मेसीका सञ्चालकका अनुसार गर्भपतन गर्ने औषधी आफैले किनेर लगेर असुरक्षित गर्भपतन गराउने किशोरीहरु धेरै छन । त्यसैले सरकारी तथ्याङकले देखाएको भन्दा दोब्बर महिलाहरु सुरक्षित तथा असुरक्षित रुपमा गर्भपतन गर्ने गर्दछन । महिलाहरुको पाठेघर तथा प्रजनन् समबन्धि रोगको कारण बिभिन्न आकस्मिक गर्भनिरोधक चक्की र गर्भपतन पनि प्रमुख कारण हो ।
के भन्छिन महिला अधिकारकर्मी
नेपाली समाजमा गर्भपतन तथा भ्रुण हत्याको बिषयमा लामो समयदेखि बहस सिर्जना भएको छ । महिला अधिकारकर्मी मेनुका थापा गर्भपतनको चक्कीको दुरुपयोग भएको बताउंछिन् । गर्भमा रहेको शिशुको लिङग परीक्षण गर्ने र छोरी भए गर्भपतन गराउने प्रवृत्ति बढेको उनको भनाइ छ । गर्भ परीक्षणका सवालमा कानूनी कडाइ गर्नुपर्ने थापाको भनाइ छ ।
उनी भन्छिन ‘महिलाले बच्चा जन्माउन नसकेमा, बच्चा अस्वस्थ्य भएमा, बलात्कृत किशोरी भएमा मात्र गर्भपतन गराउनु पर्छ । अन्य अवस्थामा पनि गर्भपतन गराएर विकृति बढेको छ । जसको कारण महिलाहरुको स्वास्थ्य अत्यन्त जोखिममा रहेको छ । कोही पनि महिलाले आफुले चाहेर गर्भपतन गर्दैन, गर्भपतन गराउन पुरुषले दबाउने तथा उक्साउने गर्दछन । बिहे गर्छु भन्दै बिभिन्न आस्वासन देखाएर कण्डम नै नलगाई यौन सम्र्पक गर्छन र गर्भ बसाएर ‘नामर्द’ बनेर फरार हुन्छन् ।’
उनी भन्छिन ‘ सोह सत्र वर्षको उमेरमा माया नै हुदैन, त्यो सब आर्कषण हो । तन नजिक भएपछि मन नजिक हुन्छ, मन नजिक भएपछि सबथोक हुन्छ, जसको कारण किशोरीहरु गर्भपतन गर्न पुग्छन । जसले उनीहरुलाई भविष्यमा शारिरिक,मानसिक,सामाजिक तथा मनोबैज्ञानिक रुपमा गम्भिर असर पार्छ ।
र, योपनि
► अरुको प्रगति देख्दा तपाईलाई पिन्च हुन्छ ? याद गर्नुहोस् मानसिक रोग लागेको हुनसक्छ
► मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)
► कतै तपाईलाई पनि क्यान्सर भएको त छैन ?
► काठमाडौंमा कहां हुन्छ देहव्यपार ? को–को जान्छन् ?
Abortion in Nepal Condom E-cone Emergency contraceptive piles nepali girls School girls Teenagers Ladies