अपराध सुरक्षा अर्थ ताजा खबर News

ठेकेदार नै गायब

ठेकेदार नै गायब

काठमाडौं, असार २८ । काठमाडौंको चोभारमा निर्माणाधीन सुख्खा बन्दरगाहको जग्गा खाली गर्ने जिम्मा पाएको ठेकेदार कम्पनी सम्पर्कविहीन भएको छ । हिमाल सिमेन्टको जग्गामा रहेका ठूला मेसिनरी तथा अन्य सामान हटाउने जिम्मेवारी लिएको निर्माण कम्पनी सुशम आदित्य विजय निर्माण प्रालि ५ महिनादेखि बेपत्ता हुँदा काम सुरु हुन सकेको छैन ।

नेपाल इन्टरमोडल यातायात विकास बोर्ड प्रमुख लक्षण बस्नेतलाई पाँच महिनादेखि पटकपटक पत्राचार गरे पनि यसका सञ्चालक सुमन्त कोइराला सम्पर्कमा नआएको बताए । सञ्चालक कोइरालाको त्रियुगा नगरपालिका १ गाईघाटमा पटकपटक पत्र पठाइए पनि उनी सम्पर्कमा नआएको बस्नेतले बताएका छन् । बस्नेतका अनुसार एनआईडीसीले हिमाल सिमेन्टमा रहेका मेसिनरी सामानलगायत भवन ६ महिनाभित्र हटाउन २०७१ असोजमा सुशमसँग सम्झौता गरेको थियो ।

कारोबार दैनिक

विशेष