अर्थ ताजा खबर News

नेपाल वायुसेवा निगमका ८ मध्ये २ विमान मात्र संचालनमा

नेपाल वायुसेवा निगमका ८ मध्ये २ विमान मात्र संचालनमा

Nepal-Airlines-A320-2015-b

असार २८ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान गर्ने ८ मध्ये ६ थान जहाज उड्नै नसक्ने गरी थन्किएका छन् । आम्दानीको मुख्य माध्यम जहाज नै थन्किएपछि निगम अप्ठेरो परिस्थितिमा गुज्रिरहेको छ ।अन्तर्राष्ट्रिय उडान गरिरहेका चारमध्ये तीनवटा र आन्तरिक उडान गर्ने पनि चारमध्ये तीनवटै जहाज एकपछि अर्को गर्दै ’ग्राउन्डेड’ भएका हुन् ।

नयाँ जहाज थपेर बिस्तारै आफ्नो छवि सुधार्दै गइरहेको निगम स्वदेशी तथा विदेशी गन्तव्य दुवैतर्फ लगभग शून्य जहाजको अवस्थामा आएपछि छवि धूमिल मात्र नभई अब व्यापारिक हिसाबमा पनि पछाडि पर्न थालेको छ ।

‘आन्तरिक र अन्तर्रा्ष्ट्रिय उडान गरिरहेका ८ थान जहाजमध्ये अहिले ६ वटा ग्राउन्डेड छन,’ निगमका कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बताए । अधिकांश जहाज प्राविधिक समस्याका कारण ग्राउन्डेड भएका हुन् भने अन्तर्राष्ट्रिय उडान गर्ने एउटा ठूलो जहाजचाहिँ चरा ठोक्किएर थन्किन पुग्यो ।’ नागरिक दैनिक

Nepal Airlince

विशेष