ताजा खबर विदेश News

स्पेनमा साढेको आक्रमणबाट १ सय ३४ जनाको ज्यान गयो  

स्पेनमा साढेको आक्रमणबाट १ सय ३४ जनाको ज्यान गयो  

Bull

स्पेनमा पर्यटकलाई आर्कषण गर्नका लागि प्रत्येक वर्ष साँढे जुधाई प्रतियोगिताको आयोजना गरिन्छ तर हरेक वर्ष साढेको आक्रमणबाट हरेक वर्ष कसैन कसैको मृत्यु हुने गरेको छ , यो वर्ष पनि २९ बर्षीय बारियोलाई सांढेको सिंगले छातीमा हान्दा उनको मृत्यु भएको हो । स्पेनको पूर्वी शहर तेरुइलमा भइरहेको साँढे जुधाई प्रतियोगिताको टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहँदा उनी मारिएको दृष्य विश्वव्यापी भएको थियो ।

B

उनको मृत्युप्रति स्पेनका प्रधानमन्त्री मारियानो रायोज पेडले समवेदना प्रकट गरेका छन् । यस खेलका क्रममा बितेको एक शताब्दीमा १ सय ३४ जनाको मृत्यु भइसकेको छ । जसमा ३३ जना साँढे जुधाईमा संलग्न रहेका छन् । बर्षेनी २ हजार साँढे जुधाई प्रतियोगिता हुने स्पेनमा खेल हेर्न देश विदेशमा हजारौं पर्यटक पुग्ने गर्दछन् ।

1119

Bull Fight

विशेष