तत्काल प्रधानमन्त्रीले राजीनामा नदिने
असार – २८ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्रीको पदबाट राजीनामा नदिने बुझिएको छ । स्रोतका अनुसार संसद फेस विश्वासको मत कुर्ने बताएको छ ।
नेपाल माओवादी केन्द्रले सरकार छोडे लगतै केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा पर्ने भएको छ । अव प्रधानमन्त्रीसँग सरकार राजीनामा दिने अथवा संसदबाट विश्वासको मत प्राप्त गर्ने दुईवटा बाटा रहेका छन् ।
एमाले नेताहरुका अनुसार अब ओलीले के गर्ने भन्ने बारे पार्टीले निर्णय लिएको छैन । कसरी अघि बढ्ने भन्नेबारे अझै छलफल हुन् बाँकी रहेको छ । संसदबाट नै यसलाई फेस गर्ने तर्फ जाने देखिएको छ । अब सरकार निर्माण प्रक्रिया कसरी अघि बढ्छ भन्ने बारे संवैधानिक जटिलताहरू धेरै छन् छन् ।